नवलुर क्षेत्रमा माछा उत्पादन र खपत राम्रो

अस्मीता भण्डारी कावासोती १८ , नवलपुर क्षेत्रमा माछा पालन र बजारमा माछा माछाको माग बढेको छ । जिल्लाको दाउन्ने वारी र गैडाकोट नारायणि नदि पुल सम्म करिव ३० वटा पोखरी रहेको छ । सोहि अनुसार नवलपुर क्षेत्रमा माछा उत्पादन र व्यवसाय फष्टाउदै गएको हो । नवलपुर क्षेत्रमा करिव २५ हेक्टर क्षेत्रफलमा माछा पोखरी रहेको र १४५ जना व्यवसायिहरु नवलपुर माछा व्यवसायि संघमा आबद्ध रहेका छन । नवलपुर क्षेत्रमा गैडाकोट , रजहर , दलदले कावासोती लगायतका स्थानमा पोखरी नै निर्माण गरि माछा व्यवस्याय गदै आएका छन । यो क्षेत्रको भौगोलिक बनावट पनि राम्रो रहेकाले माछा पालन र यसको खपत राम्रो भएको नवलपुर माछा व्यवसायि संघका कोषध्यक्ष कृष्णबहादुर गुरौँले जानकारी दिनुभयो । नवलपरासीमा उत्पादन भएको माछाले बजार धान्न नसकेको हुदा यसमा सरकारी क्षेत्रबाट पनि आवस्यक सहयोग गर्न आवस्यक रहेको वताउनुभयो । गुरौँले माछा व्यवसाय नवलपुर क्षेत्रमा राम्रो भए पनि अन्य क्षेत्रमा बजारको समस्या तथा खपत गर्ने क्षेत्रको अभावले माछा व्यवसाय जति राम्रो हुन पर्ने हो त्यति हुन नसेको बताउनुभयो । उहाले माछाको व्यवसाय मुलुकमा बृद्धि गर्ने हो भने पहिले त राज्यले कृषकलाई उत्पादनमा बृद्धि हुने खालका सेवा सुविधा उपलब्घ गराउनु पर्ने वताउनुभयो उहाले मुलुकमा ४५ प्रतिशत माछा उत्पादन भए पनि भारत लगायतका देशाट करिव ५५ प्रतिशत माछा आयात हुने हुदा यसमा पनि सरकारले आफ्नो देशमा उत्पादन भएको माछालाई पहिले प्रोत्साहन गर्नु पर्ने वताउनुभयो । हाल जिल्लामा ४० टन माछा उत्पादन हुने र त्यहि बराबरको बजारमा खपत हुने नवलपुर माछा व्यवसायिक संघका कोषाध्यक्ष कृष्ण बहादुर गुरौँले जानकारी दिनुभयो । नवलपुर क्षेत्रमा उत्पादन भएको माछा हाल चितवन , काठमाण्डौ लगायतका क्षेत्रमा खपत हुने गरेको छ ।
तपाइँको प्रतिक्रिया