नव निर्वा्चित पदाधिकारीहरुलाई सम्मान एवम बधाई

कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सातौँ अधिवेशनबाट नव निर्वा्चित पदाधिकारीहरुलाई बुधवार नेकपा एमाले क्षेत्रीय कमिटि क्षेत्र नम्वर २ ले सम्मान एवम बधाई ज्ञापन गरेको छ । कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सातौँ अधिवेशनबाट अध्यक्ष पदमा एमालेका उम्मेदवार विष्णुप्रसाद भुसाल विजयी भएका हुन् । ११ सदस्यीय नयाँ कार्य समितिका लागि भएको निर्वाचनमा एमालेका तर्फबाट उपाध्यक्षमा सिता खड्का, सचिवमा एमालेकै हरिप्रसाद बाँस्तोला निर्वा्चित भएका छन् । सम्मान एवम बधाई कार्यक्रममा नेकपा एमाले क्षेत्र न २ का सासद जिवन श्रेष्ठ, रोशन बहादुर गाहा मगर लगाएत एमाले पार्टिका प्रतिनिधिहरुको उपस्थीत रहेको थियो ।
तपाइँको प्रतिक्रिया