नाकाबन्दीका कारण जनताले भोग्नुपरेको पिडामा सरकार संवेदनशिल रहेको: उद्योगमन्त्री पाण्डे

उद्योगमन्त्री सोम प्रसाद पाण्डेले नाकाबन्दीका कारण जनताले भोग्नुपरेको पिडामा सरकार संवेदनशिल रहेको बताउनुभएको छ ।शुक्रबार काठमाडौमा बोष्टर मिडियाले गरेको कार्यक्रममा उहाले नेपाली जनताको पिडा प्रति सरकार संवेदनशिल रहेको उल्लेख गर्दे समाधानका लागी कोशिस बताउनुभएको हो । उहाले आफ्नो स्वाभिमानका लागी कसैसंग सम्झौता नगर्ने उल्लेख गर्दे नेपालीले देखाएको धैर्यताको उच्च सम्मान गर्ने बताउनुभयो । उहाले भारतले लगाएको अघोषित नाकाबन्दी हटाउने प्रयत्न भईरहेको भन्दै सरकारको काममा शंका नगर्न आग्रह गर्नुभयो । उहाले अहिलको अबस्थमा सरकारले बैकल्पीक उपायहरुको खोजी गरिरहेको समेत बताउनुभयो । उहाले भारतसंग प्रतिष्पर्धा गर्न नभई बिगतको दौत्य सम्बन्धका अन्य मुलुकहरुसंग सहयोग मागिरहेको धारणा पनि राख्नुभयो ।
तपाइँको प्रतिक्रिया