नागरिकता विधेयक प्रमाणीकरण गर्ने म्याद सकियो, विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति कार्यालय मौन

काठमाडौँ, असोज ५
राष्ट्रपति विधादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने म्याद सकिएको छ । गए राती १२ बजेबाट प्रमाणीकरणको म्याद सकिएपछि सो विधेयक स्वतः निष्क्रिय बनेको छ । राष्ट्रको अहितमा देखिएका कारण नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपती कार्यालय मौन बसेको जनाईएको छ ।
दुवै सदनबाट पारित भएर १५ दिन अगाडि नागरिकता विधेयक शीतल निवास आएको थियो । तर सो विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति कार्यालय मौन बसेको हो ।
तपाइँको प्रतिक्रिया