नागरिकता विधेयक २०७९ लाई तत्काल प्रमाणिकरण गर्नुपर्ने माग गर्दै माइतीघर मण्डलामा धर्ना

काठमाडौं, असोज ४
नागरिकताविहीन संघर्ष समितिले नागरिकता विधेयक २०७९ लाई तत्काल प्रमाणिकरण गर्नुपर्ने माग गर्दै माइतीघर मण्डलामा धर्नामा बसेको छ ।
दुबै संंसदबाट दुई पटक पास भईसकेको नागरिक्ता बिधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुपर्ने माग राखेर काठमाण्डौ माइतीघर मण्डलामा धर्नामा बसेको हुन् ।
‘बुबाआमा दुवै नेपाली नागरिकका सन्तान अनागरिक कहिलेसम्म ? नेपाली आमाको सन्तान अनागरिक कहिलेसम्म ?’ जस्ता ब्यानरर प्लेकार्डसहित समितिले धर्ना दिएको छ ।
संघीय संसदका दुवै सदनबाट पारित गरेर नागरिकता विधेयक प्रमाणीकारणका लागि गत २० भदौमा राष्ट्रपति कार्यालय पठाइएको छ । तर, हालसम्म उक्त विधेयक प्रमाणीकरण गरिएको छैन ।
यसअघि उक्त विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सुझाव र सन्देशसहित संसदमा फिर्ता पठाएकी थिइन् । पुनः संघीय संसदका दुवै सदनले पारित गरेर दुई साताअघि प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपति कार्यालय पठाएको छ ।
तपाइँको प्रतिक्रिया