आन्दोलन रोकिए सेना फिर्ता गर्न तीन दल सहमत

मधेसी मोर्चासँग वार्ता गर्न प्रमुख तीन दल वार्ता टोली गठन गर्न सैद्धान्तिक सहमत भएका छन् । उनीहरु तराई मधेसमा परिचालित सेना फिर्ता गर्न पनि सकारात्मक देखिएका छन् । मधेसी मोर्चाका माग र उनीहरुको पछिल्लो आन्दोलनका कार्यक्रमबारे छलफल गर्न कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकमा एमाओवादी
अध्यक्ष प्रचण्डले वार्ता टोली गठन गर्न र सेना फिर्ता गर्न प्रस्ताव राखेका थिए ।
बैठकमा मधेसी मोर्चाले आन्दोलन फिर्ता लिए सेना पनि फिर्ता गर्ने सैद्धान्तिक सहमति भएको एमाओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काले जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले उपाध्यक्ष विद्या भण्डारीले सरकार सँधै वार्ताको लागि तयार रहेको बताएकी थिइन् ।
तपाइँको प्रतिक्रिया