नायिका पूजा शर्माको नयाँ हिरो आकाश श्रेष्ठ, फिल्मको नाम ‘रामकहानी’
नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाले कमेडी र लभस्टोरी कथाको मिश्रणको रुपमा बनाउन लागेको नयाँ फिल्मको नाम ‘रामकहानी’ राखिएको छ । यस फिल्मको नायकको रुपमा फाइनल भएका छन् आकाश श्रेष्ठ । पूजासँग यस अगाडि आर्यन सिग्देल, प्रदिप खड्का, पल शाह लगायतका कलाकारले काम गरिसकेका छन् । अहिले आकाश चलचित्र ‘ड्रिम गर्ल’ को काममा ब्यस्त छन् । सुदर्शनको निर्देशनमा काम गरेका र पुजा सँगै स्क्रीन सेयर गरेका पल र प्रदिप अहिले स्टार भैसकेका छन । ‘रामकहानी’ चलचित्रको छायांकन फागूण १ गतेबाट सुरु हुँदैछ भने यस चलचित्रमा केदार घिमिरे, विल्सन विक्रम राई, जितु नेपाल, रविन्द्र झा लगायतका कलाकार अनुबन्धित भैसकेका छन्।
अहिले यो चलचित्रको स्टोरी लाईनमा धमाधम काम भैरहेको छ । केदारले १० लाख र जितुले ७ लाख पारिश्रमिक लिएपछि चलचित्र थप चर्चामा छ । चलचित्रमा सौरभ लामाको छायांकन, अर्जुन पोखरेलको संगीत रहनेछ ।
तपाइँको प्रतिक्रिया