नारायणगढको एक सहकारीबाट ऋण निकाली कमिशन खाने ब्यक्ति पक्राउ

चितवन, असोज ६
नारायणगढको एक सहकारीबाट ऋण निकाली कमिशन खाने नारायणगढ शहिदचोकका जसबहादुर लामालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
स्वस्तिक बहुउद्देश्यीय सहकारी संस्था संस्था लिमिटेड नारायणगढबाट ऋण निकाली कमिशन खान सक्रिय उनिलाई लाई प्रहरीले पक्राउ गरेको हो । उनले भरतपुर महानगर शरदपुरका माया स्याङ्गतानलाई सहकारी बाट ६ लाख ८२ हजार रकम निकालि दिएबापत ८० हजार कमिसन मागेका थिए । ७ लाख निकालेकोमा कमिसन कटाएर ६ लाख ८२ हजार पाएको र त्यो रकम सिफारिस गरिदिए बापत कमिसन ८५ हजार मागेको र आफुले त्यत्रो दिन नसक्ने बताएपछि उसले जवरजस्ती जसरी पनि दिन पर्ने भन्ने धम्काएको स्याङ्गतानले बताउनु भयो । उसले कमिसन नदिने भए सहकारीमै लगेर रकम फिर्ता गर भनि धम्काएको र पछि जबरजस्ती गरेपछि ३५ हजार दिएको बताउनु भयो ।
सोमबार सहकारीमा सबै प्रक्रिया सकेर देव बिकास बैक नारायणगढबाट चेक साटेपछि बैककै अगाडी धेरै बेर लेनदेनमा बिबाद भएको र अन्तिमा उनलाई चितवन प्रहरीले पक्राउ गरेको उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष बिष्णु भुषालले बताउनु भयो । पक्राउ परेका जसबहादुर लामाले काम गरेबापतको कमिसन आफले ५ प्रतिशत लिने गरेको र त्यही बापतको पैसा आफुले लिएको बताउनु भयो ।
७० हजार आफुले मागेको र त्यो नदिएपछि ३५ हजार भएपनि लेउनत भनी ३५ हजार रकम लिएको स्वीकार गर्नु भयो ।
आफुले सहकारीलाई जग्गा उपलब्ध गराउने मानीस खोज्ने र कमीसन खाने गरेको उहाँको भनाई छ । उनले सहकारीका केही कर्मचारीसँगको मिलेमतोमा बिगत लामो समय देखि यस्तो काममा संलग्न रहेको हुन सक्ने बताईएको छ । प्रहरीले उनिलाई सहयोग गर्ने उनका एक सहयोगीको फरार भएको र उनको खोजि भएको जनाएको छ ।
तपाइँको प्रतिक्रिया