नारायणगढ बुटवल सडकखण्ड निर्माणमा सामुदायीक वन बाधक,सडकमा बहादुरी देखाउछन् वनका पदाधिकारी

पौष २२ , नवलपुर
नारायणगढ बुटवल सडकखण्ड निर्माणमा यहाका सामुदायिक वनहरु बाधक बन्न थालेका छन् । आफनो स्वार्थ अनुकुल काम नभएपछि सामुदायिक वनहरुले ठेकेदार कम्पनिलाई रुख काट्न दिएका छैनन् । सरकारी सबै प्रक्रिया पुरा गरि रुख काट्न थालेको निर्माण कम्पनिलाई महाराजा सामुदायिक वन क्षेत्रमा रुख काट्दै गर्दा सो क्षेत्रका वन समितिले अवरोध सृजना गरेपछि रुख काट्ने काम रोकिएको छ । सडक निमार्णका क्रममा काटिएका रुखहरु आफुले पाउनु पर्ने भन्दै सामुदायिक वनका पदाधिकारीले काममा अवरोध गरेका हुन् ।
लोकाहा खोला देखी १ किलोमिटर पर सम्म आयोजनाले सडकको दाया तर्फको रुख काटेको छ । त्यी काटिएको रुख आफुहरुले पाउनु पर्ने भन्दै वनका पदाधीकारीले रुख काट्ने काममा अवरोध सृजना गरेको सडक निर्माण आयोजनाले जनाएको छ ।
सडक छेउमा सडक बिस्तारका लागी काटिएका रुखहरु सडककको क्षेत्राधिकार भित्र पर्ने भएकाले वन बिभागले डिभिजन वनलाई हस्तान्तरण गर्नु पर्ने निर्णय सहित आफुहरुलाई लिखित निर्देशन गरेकाले आफुहरुले सडक छेउमा काटिएका रुखहरु डिभिजन वनलाई हस्तान्तरण गरेको र त्यसैको बिरोद्धमा समितिले अवरोद्ध खडा गरेको नारायणगढ बुटवल सडक निर्माण आयोजनाका पुर्वी खण्डका आयोजना प्रमुख सुजन अधिकारीले बताउनु भयो । आफुहरु सरकारको निर्णय बिपरित जान नसक्ने बताउँदै उहाँले यसमा समितिले आफुहरुसंग बिबाद गरेर केही अर्थ नरहने प्रतिक्रिया दिनु भयो ।
राज्यको निति नियम भित्र बसेर गठित उपभोक्ता समितिले त्यही राज्यले गरेको निर्णयका बिरुद्ध गई राष्ट्रिय महत्वको आयोजनालाई अवरोध सृजना गर्न सडकमा बहादुरी देखाईरहेका छन् । यो कार्य कुनै पनि हिसावले जायज नहुने र यस्तो कार्य सामुदायीक वनहरुले तुरुन्त रोक्नु पर्ने सर्वसाधारणहरु बताउछन् । कटान गरिएको रुखको घाटगद्धीको लागि सब–डिभिजन वन कार्यालय, कावासोती कोटटाडी लगिएपछि स्थानीय उपभोक्ताहरुले बिरोध गरेका हुन् । उनिहरुले घाटगद्धीको लागि लोड गरी कोटटाडी लान थालेको ट्रयाक्टर रोकेका छन् । उनिहरुले सो काठ सम्बन्धित सामुदायिक वनमा घाटगद्धी गर्नु पर्ने माग राखेका छन् । महाराज सामुदायिक वनको ७० वटा रुखको कटान सकिएको छ । महाराज सामुदायिक वनको रुख कटान सक्न थोरै बाकी छ । त्यसपछि शिव सामुदायिक वनको रुख कटान शुरु हुन्छ । आपm्नो सामुदायिक वन क्षेत्रको रुख कटान हुने थाह पाएपछि सामुदायिक वनले उपभोक्ताहरुलाई कटान हुने ठाउमा भेला हुन माइकिङ्ग गरेको थियो । घाटगद्धीको लागि लोड गरिएको टेक्टर स्थानीय उपभोक्ताले रोकेपछि आयोजनाले रुख कटानको काम रोक्नु परेको जनाएको छ । आयोजना निर्माण भन्दा पनि वन पैदवारको उपभोग स्थानीय उपभोक्ताहरुले गर्न पाउनु पर्ने माग आफुहरुको रहेको सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका अध्यक्ष ठाकुर प्रसाद पाण्डेले बताउनु भयो । सामुदायिक वनका पदाधीकारीले अनावश्यक बखेडा झिकेर सडक निमार्णमा अवरोध गर्नु तर्क संगत देखिदैन् । सडक निर्माणमा अवरोध गर्नु बिकासका बाधक भएकाले यस्तो कार्य तुरुन्त रोक्नु पर्ने धेरैको ठहर छ । डिभिजन वन संग अहिले ३६ किलोमिटर सडकको ५ हजार ६सय ८६ रुख काटीने र त्यसका लागी ५ महिना भित्र सक्ने सम्झौता भएको छ । काटिएका गोलाई डिभिजन वनलाई हस्तान्तरण गर्न वन बिभागले निर्देशन गरेको बताईएको छ । सडक निर्माणको जिम्मेवारी पाएको चाइनिज ठेकेदार कम्पनि चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिंग कर्पोरेशनले सिएससिईसीले रुख कटान सकिएलगत्तै धमाधम काम अगाढी बढ्ने जनाएको छ ।
तपाइँको प्रतिक्रिया