नारायणगढ मुग्लिङ सडक अन्तर्गत कालीखोला क्षेत्रबाट त्रिशुली नदीमा बस खस्दा २० जनाको मृत्यु ,१७ जनाको उद्धार

चितवन,भदौं १०–
नारायणघाट–मुग्लिन सडकखण्ड अन्र्तरगत चन्डीभन्ज्याङ गाविसको कालीखोला स्थित त्रिशुली नदिमा वस खस्दा २१ जनाको मृत्यु भएको छ ।दुर्घटनामा घाइते भएका १७ जनाको उद्धार गरिएको छ । घाइतेहरुको चितवन मेडिकल कलेज र भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
अन्य बेपत्ताको खोजी भइरहेको चितवनका प्रहरी प्रमुख वसन्त कुंवरले जानकारी दिनुभयो । रौतहटको गौरबाट पोखरा जांदै गरेको ग १ ख ३७०९ नम्बरको बस बिहान ४ बजेतिर त्रिशुलीमा खसेको थियो ।चितवनका प्रहरी प्रमुख कुवंर सहितको टोली उद्धारको लागि घटनास्थलमा खटिएको छ । के कारणले बस नदिमा खसेको हो भन्ने बारे अझै थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बसमा ३८ जना यात्रु चढेको हुन सक्ने आशंका गरिए पनि यकिन हुन सकेको छैन । अहिले उद्दार तथा खोजीको काम भैरहेको प्रहरीले जनाएको छ ।
नारायणी अनलाइन
तपाइँको प्रतिक्रिया