नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो

चितवन माघ १५,बिहिबार रातिदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा सुख्खा पहिरो खसेपछि सवारी ठप्प भएको आवागमन एकतर्फी रुपमा खुलेको छ । चितवनका प्रहरी प्रमुख एसपी बसन्तबहादुर कुँवरका अनुसार केही पहिरो हटाएर बाटो एकतर्फी रुपमा खुलाइएको हो । चितवनको चण्डिभन्ज्याङ–६ स्थित कालीखोला भन्ने ठाउँमा बिहिबार राती ९ बजे पहिरो खसेपछि यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक भोला भट्टले जानकारी दिए । उनका अनुसार ठूलो पहिरो खसेकाले डोजरले पन्छाउने काम भईरहेको छ । पहिरो पन्छाउन अझै ३ घण्टा लाग्ने प्रहरीले जनाएको छ । पूर्व पश्चिम हिँडेका सवारी साधन ठाउँ ठाउँमा रोकिएका छन् । केही सवारी साधनलाई प्रहरीले मुग्लिन र नारयणगढ, रामनगरमा रोकिएका छन् । पहिरो खसेर २ वटा ट्रक पुरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी बसन्तबहादुर कुँवरले बताए । प्रहरीका अनुसार एचआर १५ के २३२९ नम्बरको भारतीय ट्रक र ना ३ ख ५६०२ नम्बरको ट्रक गुडी रहेको पहिरोमा परेका हुन् । एसपी कुँवरका अनुसार मानवीय क्षति भने नभएको र पहिरोमा पुरिएको ट्रक निकाल्ने काम भइरहेको बताए । बैशाख १२ गते भूकम्प गएदेखि यो सडक खण्डमा सुख्खा पहिरो खसेर यातायात अवरुद्ध हुँदै आएको छ ।
तपाइँको प्रतिक्रिया