नारायणगढ रोटरी क्लबद्वारा बालशिक्षा विकास केन्द्र भवनको शिलान्यास

देवघाट, २७ साउन ।
देवघाट गाउँपालिकाको वडा नं ५ मा अवस्थित साउनेमा नारायणगढ रोटरी क्लबले स्थापना गरेको आरसीसी भिलेजमा साउने बालशिक्षा विकास केन्द्र भवनको शिलान्यास कार्यक्रम शनिबार सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा र नारायणगढ रोटरी क्लबका अध्यक्ष रोटरियन अरुणकुमार खनालले संयुक्त रूपमा पूजाआजा गरी शिलान्यास गरेका हुन् । दशलाख रुपैयाँको लागतमा बनाउन लागिएको उक्त बालशिक्षा भवन र बालशिक्षाको लागि चाहिने सम्पूर्ण सामग्रीहरू नारायणगढ रोटरी क्लबले आन्तरिक स्रोत जुटाएर सम्पन्न गर्न लागेको क्लबका अध्यक्ष अरुणकुमार खनालले बताए । हाल उक्त केन्द्रमा १५ जना बालबालिकाहरूले शिक्षालिइरहेको र भवननिर्माण पश्चात् थप बालबालिकाहरूले सो केन्द्रबाट शिक्षालिनुका साथै साउनेका ३५ घर परिवार उक्त बालशिक्षा विकास केन्द्रबाट लाभान्वितहुने क्लबका संस्थापक अध्यक्षनिरञ्जन प्रधानले बताए ।
उक्त भवन निर्माणगर्नका लागि एवम् भवन निर्माणभए पश्चात् केन्द्रका लागि आवश्यक सामग्रीहरू खरीदगर्न विभिन्न रोटरी क्लबका साथीहरू तथा नारायणगढ रोटरी क्लबका सदस्यहरूबाट रकम समेत जम्मा भईसकेको र थप सहयोगी हातहरू उक्त पुनितकार्यको लागि अघिबढिरहेको सेवा परियोजना निर्देशक इन्जिनियर गुणेश्वर महतोले बताए । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्षदुर्गबहादुर थापाले पुरानो भवनलाई भत्काएर नयाँ बनाउन लागिएको र गेट तथा अन्य कामभने देवघाट गाउँपालिकाले आप्mनै खर्चमा गर्ने बताउनुभयो । कार्यक्रममा क्लबकापूर्व अध्यक्षहरू कृष्णप्रसाद श्रेष्ठ, राजेन्द्र ओली, सञ्जय श्रेष्ठ, रमेश पौडेल, सुसनलालप्रधान, निवर्तमान अध्यक्ष अनुकूल श्रेष्ठ, सचिव दिलीप तामाङ, नारायणगढ रोट¥याक्ट क्लबका अध्यक्ष रोट¥याक्टर प्रयास श्रेष्ठ, सदस्यहरू सत्यम श्रेष्ठ, नविन पोद्दार, पुजा कार्की लगायतको सहभागीता रहेको थियो ।
त्यसैगरी आजै सोही क्षेत्रमा ३५ घरपरिवारको लागिआवश्यक सिंचाई र खानेपानीको वृहत सर्वेक्षण समेत सम्पन्नगरिएको साथै उक्तपरियोजनाको वृहत सर्वेक्षण क्लबका उपाध्यक्ष इन्जिनियर यज्ञमुनी बज्राचार्य र सेवा परियोजना निर्देशक इन्जिनियर गुणेश्वर महतोको नेतृत्वमा हुने अध्यक्ष खनालले बताउनुभयो । यस परियोजनाको लागि रोटरी अन्तर्राष्ट्रियको ग्लोबल ग्रान्टमार्पmत रकम उपलब्ध हुने छ ।
तपाइँको प्रतिक्रिया