नारायणगढ सडकको भित्तामा रहेको बस्तिमा बिकासको अभाव

माघ ५ , चितवन
चितवनको ईच्छाकामना गाउँपालिका वडा नम्वर ६ कुयलघारीका स्थानीयहरुले आफ्ना गाउँको बिकासका लागी स्थानीय सरकारले बिशेष ध्यान दिन आवश्यक रहेको बताएका छन् । नारायणगढ मुग्लिङ्ग सडक खण्डको रिद्धि खोला देखी माथी रहेको सो गाउँका स्थानीयहरुले आफनो ठाउँको बिकासमा गाउँपालिकाले बिशेष ध्यान दिनु पर्ने बताएका हुन् ।
स्थानिय समाजसेबि तथा टोलसुधार संस्थाका अध्यक्ष काजिलाल गुरुगंले राजमार्ग देखि नजिकको बस्ति भएपनि शिक्षा र स्वास्थ्यको समस्या रहेको र सुख्खा प्रकारको जमिन भएकाले उब्जाउ नहुँदा पनि यहाका समुदायलाई दैनिक जोहो गर्न पनि कठिन हुने अवस्था रहेको बताउनु भयो ।
पछिल्लो समयमा गाउँसम्म मोटर बाटोको ट्रयाक पुगेको भएपनि अन्य आवश्यक पुर्वाधार प्रयाप्त रुपमा नहुँदा यहाका स्थानीयहरुले ठुलो समस्या भोग्नु परेको उहा बताउनु हुन्छ । यो ठाउमा अधिकांस गुरुगं तामागं र चेपागं सहित अन्य जात जाती रहेका छन् । रोजगारी नहुँदा केही आर्थीक जोहो गर्न सक्नेले राजमार्गमा सामान्य टहरो बनाएर ब्यवसाय गर्दै आएका छन् भने नहुनेहरुले मजदुरी गरी जिवन निर्वाह गर्ने गरेको स्थानीय अगुवा युवा भिबहादुर गुरुगंले बताउनु भयो ।
मुग्लिङ्ग सडकको माथी पाखामा बसेको बस्ति भएका कारणले यहा धेरै असुबिधा रहेको उहा बताउनु हुन्छ । वर्षातका बेला पहिरोको समेत जोखिम हुने गरेका उहाँको भनाई छ ।
यहा खानेपानी पनि निकै टाडाबाट ल्याउनु परेको उहाले जानकारी दिनु भयो । खानेपानीका लागी पनि ब्यवस्थित टंकि निर्माण गरी हरेक घर धारा बनाउन सके त्यसले पनि केहि राहात पुग्ने उहाँको भनाई छ ।
भुकम्प पछाडी आर्थीक रुपमा सवल हुने मानिसहरु शंक्तिखोर पदमपुर , गँैडाकोट लगायतका ठाउँमा बसाई सराई गरेको र अरु १०० घर जती यहि रहेको उहा बताउनु हुन्छ । राजमार्ग देखी नजिक भएपनि बिकासका पुर्वाधार नहुदा आफुहरुले सधै बिकटताको अनुभुती गर्नु परेको उहाको दुखेसो छ ।
तपाइँको प्रतिक्रिया