नारायणी नदीमा केही दिनभित्रै नयाँ पुल शिलान्यास हुन्छ : प्रचण्ड

चितवन,भदौं ८
नारायणी नदीमा केही दिनभित्रै नयाँ पुल शिलान्यास हुने खुलासा भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नारायणी नदीमा केही दिनभित्रै नयाँ पुल शिलान्यास हुने खुलासा गर्नभएको हो ।
चितवनको माडीमा विभिन्न आयोजनाको शिलान्यास र उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आज (बुधबार) अध्यक्ष प्रचण्डले पुल शिलान्यासको तयारी भइरहेको बताउनुभएको हो ।
‘भरतपुर र माडीमा देशलाई नै मोडेल दिनेगरी विकास गर्ने चाहाना छ । विस्तारै विकासले गति लिएको छ । निकुञ्ज ऐन संसोधनको गाठो फुकाउन बाँकी छ । छिट्टै पुरा हुन्छ ।’ अध्यक्ष प्रचण्ड भन्नुभयो ।
आज दिनभरी नै प्रचण्ड माडीका विभिन्न कार्यक्रम तथा प्रशिक्षणमा ब्यस्त रहने कार्य तालिका रहेको छ ।
तपाइँको प्रतिक्रिया