नारायणी नदी किनारतर्फ बिना गएको खुलासा , खोजी कार्य जारी

साउन १ , गैँडाकोट
गैँडाकोटबाट हराएकी बिना सापकोटाले नारायणगढ लीलाचोक नजिकको एरियामा पुगेर एक व्यक्तिसँग फोन मागेको कुरा खुलेको छ । असार १४ गतेदेखि लापत्ता भएकी बिनाले त्यो फोनबाट ११ सेकेन्ड प्रवेशसँग बोलेकी थिइन् । आफूसँग फोन मागेर केही बोलेपछि फोन दिएर ती युवती नदीकिनारतर्फ गएको ती व्यक्तिले आफूलाई जानकारी दिएको विनाको बुबा बताउँछन् । एउटी केटी आत्तिएजसरी हिँडेर किनारतर्फ लागेपछि घरमा अभिभावकलाई खोज्नका लागि समेत जानकारी गराएको ती युवाले विनाको बुबासँग बताएका छन् । सोही दिन राति ८ बजे भाटभटेनीअगाडि हिँडिरहेको देखिएपछि प्रहरीले बजार क्षेत्रको अन्य सिसी क्यामरामा उनको खोजी गरिरहेको थियो ।
नदीकिनारतर्फ गएकी उनको खोजी प्रहरी र आफन्तले तीव्र पारेको छ, तर भेटाउन सकेको छैन । प्रहरीले नियन्त्रणमा रहेका भनिएका प्रवेश हाल अस्पतालमा रहेको जनाएको छ । विनाको अभिभावकको सहमतिमा प्रवेशले विनालाई गैँडाकोटबाट सँगै लिएर भरतपुरतर्फ गएका थिए । उनले केही घन्टामै घर ल्याइदिने बताएको तर लामो समयसम्म पनि छोरी नआएपछि खोजी थालिएको बुबा जयश्वर सापकोटा बताउँछन् ।
तपाइँको प्रतिक्रिया