नारायणी पारीको गाउँ सुस्तामा विद्युत नहुदा स्थानिय समस्यामा

नारायण भण्डारी ८, सरकारको नजर पर्न नसकेको नारायणी पारीको गाउँ सुस्तामा विद्युत नहँ’दा स्थानिय समस्यामा परेका छन । धान गहु तोरी मसुरो जस्ता खाद्य सामाग्री कुटानी पिसानी गर्नका लागि भारतको भेडियारीमा जाने गरेको स्थानिय बताउँछन । बोरामा राखेर कुटाउनका लागि जाँदा भारतीय सिमा सुरक्षा बल एस.एस.बि.का जवानले बोरा खोलेर हेर्ने गरेर दुख दिने गरेको स्थानिय मुन्सि हरिजन बताउनुहुन्छ । २६५ घरधुरी रहेको सुस्तामा २०६८ सालमा नेपाल सरकारले १०३ घरधुरीलाई ५ एम्पिएरको टुकी सोलार वितरण गरेको भएतापनि अन्य क्षेत्रबाट भने केही हुन नसकेको स्थानिय बताउँछन । विद्युत जडानका लागि नेपाल विद्युत प्राधिकरण परासीमा डेलिगेसन जादा समेत केही हुन नसकेको सुस्ताका ओरन्जेव खान बताउनुहुन्छ । तथा विद्युत नहुदा कुनै उद्योग समेत संचालन गर्न नसकिएको र बालबच्चाहरु लाई पढ्न समेत गरो भएको बताउनुहुन्छ ।
तपाइँको प्रतिक्रिया