नारायणी सामुदायिक वनको अध्यक्षमा त्रिपाठी सर्वसम्मत चयन

गैँडाकोट २२ कार्तिक ।
नारायणी सामुदायिक वन उपभोक्त समूह गैँडाकोट ६,७ र ९ को अध्यक्षमा दिनानाथ त्रिपाठी सर्वसम्मत चयन हुनु भएको छ । त्रिपाठीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा वेद प्रसाद चालिसे, सचिवमा उमा कुमारी पाण्डे, कोषाध्यक्षमा नेत्रराज सापकोटा, सहसचिवमा लक्ष्मी प्रसाद चौधरी रहेका छन् ।
त्यसैगरी कार्यसमितिको सदस्यहरुमा नाम कुमारी सापकोटा, मोतिलाल ढुगांना, दिल बहादुर श्रेष्ठ, सिता गिरी, भद्रकली मगर, देवीकला सापकोटा, कोपिलामणी गिरी, शान्ती सार्की, जित बहादुर कुमाल र विनु कुमाल रहेका छन् ।
नेतृत्व छनौट समितिले लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा अग्नि प्रसाद सापकोटालाई चयन गरेको छ । समितिको सदस्यमा रविलाल कंडेल र जयराम कंडेल रहेका छन् ।
तपाइँको प्रतिक्रिया