निःशुल्क आँखा शिबिर सम्पन्न

धु्रबतारा युवा क्लव गैडाकोट १३ ले २१ औं वार्षिक उत्सवको अवसरमा निःशुल्क आँखा शिबिर सम्पन्न गरेको छ । सामाजिक हित र बिकासमा बिगत लामो समयदेखि सक्रिय युवा क्लवले भरतपुर आँखा अस्पतालको प्राबिधिक सहयोग र सुमी फर्मास्यूटिकल्सको सहयोगमा शिबिर गरेको हो ।
सहभागीहरुका लागी निःशुल्क आँखा जाँच औषधी बितरण र अप्रेसन गर्न पर्ने अवस्थामा रहेकालाई ५० प्रतिशत छुटमा भरतपुर आँखा अस्पतालमा अप्रेसन गर्ने ब्यवस्था मिलाएको क्लबका अध्यक्ष रन बहादुर थापाले बताउनु भयो । शिबिरमा ९५ महिला ६६ पुरुष र ११ जना बालबालिका गरी १७२ जनाले निःशुल्क आँखा जाँच गराएको र १९ जनाको अप्रेसनका लागी सिफारिस भएको अध्यक्ष थापाले बताउनु भयो । ३ जनाको क्लबले आफ्नै खर्चमा अप्रेसन गरिदिने बताउनु भयो । भरतपुर आँखा अस्पतालका नेत्र सहायक दिलिप तन्दुकारको नेतृत्वको टिमले आँखा जाँच गरेको हो । यस अघि शुक्रबार रक्तदान कार्यक्रम समेत गरेको थियो ।
तपाइँको प्रतिक्रिया