निकुन्जमा चरन क्षेत्रको अभाव सृजना हुन थालेपछि मानब बस्तिमा छिर्दै गैँडा

साउन ३२ , चितवन
चितवन राष्ट्रिय निकुन्जको मध्यबर्ती क्षेत्रबाट बस्ती पसेको गैँडा नियन्त्रणमा लिइएको छ । भरतपुर महानगरपालिका ९ केन्द्रिय बसपार्क स्थित बस्तीमा छिरेको गँैडालाई नियन्त्रणमा लिइएको हो । बिहान गँैडा देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।निकुन्जबाट ल्याइएका ६ वटा हात्ती सहितको प्रविधि टोली,राष्ट्रिय प्राकृतिक संरक्षण कोष सौराहाका प्राविधिक टोलीले गँैडा नियन्त्रणमा लिएको छ । गँैडालाई डाट गरेर नियन्त्रणमा लिइएको राष्ट्रिय प्राकृतिक संरक्षण कोष सौराहाका प्राविधिक अनिल सेढाईले जानकारी दिनु भयो । नियन्त्रणमा लिइएको गैंडा निकुन्जको मुख्यालय कसरामा राखिने बताईएको छ ।
तपाइँको प्रतिक्रिया