निकेश बाबु स्मृति प्रतिष्ठानको प्रथम साधारण सभा सम्पन्न

भुमिलाल पौडेल, गैंडाकोट, ७ मंसिर ।
निकेश बाबु स्मृति प्रतिष्ठानले मंगलबार प्रथम साधारण सभा सम्पन्न गरेको छ । नगरको वडा नं १ मा रहेको सरस्वती नेकेतन आवासिय माध्यमिक विद्यालयको सभाहलमा मंगलवार सम्पन्न प्रतिष्ठानको प्रथम साधारणसभालाई सम्बोधन गर्दै साहित्यकार एवं कवि गोविन्दराज विनोदीले निकेश वावुको नाममा खोलिएको यो प्रतिष्ठानले स्व. निकेश बावुका माता पिताको संकल्प पुरा हुने विश्वास व्यक्त गर्नु भयो । साधारण सभाका प्रमुख अतिथी समेत रहनुभएका कवी विनोदीले यो प्रतिष्ठानवाट स्व. निकेशका माता पिताले सोचेजस्तो संकल्प पुरा गर्ने र यसैबाट स्व . निकेश बाबु पनि अमर रहने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा आफ्ना भनाईहरु राख्दै कवि विनोदीले मातापिताले प्रतिष्ठान खोलेर घोरालाई अमर राख्ने कार्य प्रारम्भ गरेकोले यहाँको समाज वडा कार्यालय र नगरपालिकाले समेत यो अभियानमा सहयोग पुर्याउनुपर्ने धारणा व्यक्त गनुभएको हो ।
गतवर्ष मंसिर ७ गते अमेरिकाको फ्लोरिडामा दुर्घटनामा परि दिगम्बत हुनु भएका निकेशबावु कँडेलको सम्झनामा बुवा भरत बावु कडेल र आमा चोक्षा देवी कँडेल देवकोटाको सक्रियतामा २०७७ साल चैत्र २८ गतेदेखि यो प्रतिष्ठानको सुभारम्भ भएको थियो । भरत कँडेल सरस्वती निकेतन आवासिय माध्यमिक विद्यालयका प्राचार्य हुनुहुन्छ । प्रतिष्ठानको संरक्षक समेत रहनुभएका स्व. निकेशका पिता भरतवावु कँडेलले अमेरिकावाट निकेशको पार्थीव शरिर ल्याउने देखि प्रतिष्ठान स्थापनामा धेरै जनाको महत्वपूर्ण सहयोग स्व. छोरा निकेशको आत्माको शान्तिका लागि प्रतिष्ठानका माध्यमवाट आफुहरुले शैक्षिक, धार्मिक र स्वास्थ्यका क्षेत्रबाट सामाजिक कार्यमा लाग्ने जानकारी गराउनुभयो । उहाँले प्रतिष्ठानको प्रारम्भिक आफुहरुले नेतृत्व गरे पनि आगामी दिनमा अन्य सदस्यहरु पनि यो प्रतिष्ठानको नेतृत्व लिन सक्ने बताउनुभयो ।
साधारण सभामा प्राचार्य कडेलले अहिले संस्थामा २ लाख ५० हजार बैंक मौज्दात रहेको जानकारी दिँदै रु ५ लाख एक रुपियाँको अक्षय कोष स्थापनार्थ प्रतिष्ठानका सचिव पोषणराज सुवेदीलाई चेक हस्तान्तरण गर्नुभएको थियो ।साथै उहाले आगामी एक वर्ष भित्र अक्षयकोषको कुल रकम १० लाख पुर्याउने लक्ष्य रहेको सुनाउनुभयो । उहाँले औषधीहरु सहित गैंडाकोटको विकट क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भावि योजना रहेको समेत जानकारी गराउनु भयो । प्रथम साधारण सभामा प्रतिष्ठानले नगरका विभिन्न विद्यालयमा अध्यायनरत विपन्न एवं जेहेन्दार छात्र छात्राहरुका लागि एक दर्जन वढी छात्रबृत्ती समेत प्रदान गरेको छ ।
गोर्खाको पालुङ्टार नगरपालीका वडा नं. १० मा रहेको निर्कोट माध्यमिक विद्यालयलाई प्रतिष्ठानले ३ वटा कम्प्यूटर प्रदान गर्ने घोषणा गरेको छ । निर्कोट माध्यमिक विद्यालय प्रतिष्ठानका प्रमुख संरक्षक भरत बावु कँडेलले अध्यायन गरेको विद्यालय हो । प्रतिष्ठानले यसअघि नगरका विभिन्न मठ मन्दिरहरुलाई आर्थिक सहयोग गरेको र रक्तदान कार्यक्रम समेत गरेको जनाईएको थियो ।प्रथम साधारणसभामा प्रतिष्ठानका सदस्य भोजराज भट्टराई, मिलन टोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद कोइराला, विहानी साँस्कृतिक महिला विकास समुहकी अध्यक्ष सकुन्तला तिवारी, प्यासनका नगर अध्यक्ष लक्ष्मीप्रसाद दवाडी, पालुङ्टार नगरपालीका वडा नं. १० का वडाअध्यक्ष ऋषिराम धौलारी र वडा नं. १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटाले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
साधारण सभा कार्यक्रमको सहजीकरण समेत गर्नुभएका प्रतिष्ठानका सचिव पोषणराज सुवेदीले आर्थिक प्रतिवेदन पनि प्रस्तुत गर्नुभएको थियो । साधारणसभा कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष चोक्षादेवी कँडेल देवकोटाको अध्यक्षतामा भएको थियो ।साधारणसभा पछि सरस्वती निकेतनको सरस्वती निकेतनको हाता भित्र प्रतिष्ठानको कार्यालयको पनि समुदाघटन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी कवि गोविन्दराज विनोदीले पानसमा बत्तीवालेर कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
तपाइँको प्रतिक्रिया