निजी गाडीलाई तेल नदिने तयारी, सार्वजनिक सवारी प्राथमिकतामा

१३, असोज, काठमाडौं । सरकारले निजी सवारी साधनहरुलाई पनि कोटा प्रणालीबाट तेल दिने निर्णयमा पुर्नविचार गर्ने भएको छ ।
भारतले अघोषित नाकाबन्दी लगाएपछि इन्धनमा कोटा प्रणाली लगाएको सरकारले अब अत्यावश्यक बाहेकका निजी सबारीलाई तेल बिक्री रोक्ने तयारी गरेको हो ।
बिहीबारदेखि सार्वजनिक सवारीलाई प्राथमिकता दिने सरकारी तयारी छ । गृहमन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले यसैविषयमा निर्णय लिन आज बाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम, यातायात व्यवस्था विभाग सहित गृहमन्त्रालयको संयुक्त बैठक बस्न लागेको जानकारी दिए ।
‘निजी सवारीलाई पनि हप्तामा एकपटक तेलदिने निर्णयमा पनि पूर्न बिचार गर्न लागिएको हो’ प्रवक्ता ढकालले भने-‘पेट्रोलियम पदार्थको मौज्दातलाई बचाउन सरकारले आवश्यक कदम चाल्छ ।’
नेपाल आयल निगमले अहिलेकै परिमाणका दैनिक तेल वितरण भइरहेमा स्टक रहेको पेट्रोलले ९ दिन र डिजेलले १४ दिन धानन्ने बताएको छ । ‘अब सार्वजनिक सबवारीलाई तेल वितररणमा प्राथमिकता दिने गरी निर्णय हुनज सक्छ’ ढकालले भने ।
यसअघि नेपाल यातायात ब्यवसायी राष्ट्रिय महसांघले तेल वितरण्मा सार्वजनिक सबारीलाई प्राथमिकता दिन माग गरेको थियो ।
तपाइँको प्रतिक्रिया