नियम उल्ङघन गर्ने सवारीसाधनबाट २५ लाख बढि राजश्व संकलन,सो अवधिमा ५९ दुर्घटनाबाट ४४ मृत्यु, ८१ घाईते

परासी, १६ मंसिर । जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपरासीले सवारी नियम उल्लङघन गर्ने सवारीसाधन कार्वाहीबाट २५ लाख २५ हजार रुपैया राजश्व संकलन गरेको छ । चालु आर्थिक बर्षको पहिलो चौमासीक साउन १ देखि कात्तिक मसान्त सम्ममा ५ हजार ४ सय सवारी साधन कार्वाहीबाट सो राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख सुर्य कुमार श्रेष्ठले जानकारी दिनुभयो । चालु आर्थिक बर्ष को पहिलो साउन महिनामा १५ सय ५० वटा सवारी साधन कार्वाहीबाट ७ लाख ३२ हजार २ सय रुपैया, भदौ महिनामा १३ सय ५० सवारी साधनबाट ६ लाख २१ हजार ६ सय, असोजमा १ हजार सवारी साधनबाट ४ लाख ६८ हजार १ सय र कात्तिक महिनामा १५ सय सवारी साधन कार्वाहीबाट ७ लाख ३ हजार १ सय रुपैया राजश्व संकलन भएको प्रमुख श्रेष्ठले बताउनु भयो । कारवाहीमा पर्नै सबैभन्दा बढि सवारी टक रहेको छ । यस्तै यसै अवधिमा सवारी दुर्घटनामा परी जम्मा ४४ जनाको ज्यान गएको छ भने ८१ जना गम्भिर घाईते भएका छन । ट्राफिक प्रहरीका अनुसार चार महिनाको अवधिमा भएका ५९ वोटा सवारी दुर्घटनामा परी ४४ जनाको घटना स्थल र उपचारको क्रममा गरि ज्यान गएको हो । यस अवधिमा सबै भन्दा बढि साउन महिनामा भएका ३३ वोटा सवारी दुर्घटनामा परी २१ जनाको मृत्यु तथा ३० जना गम्भिर घाईते भएका प्रहरीले जनाएको छ । दुर्घटना नियन्त्रणका लागि नियमित मापसे, ओभरलोड र सवारीसाधनको अवस्था चेकजाँच गरिने टाफिक प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया