निर्धक्क भएर कलम चलाउन पत्रकारहरुलाई आग्रह

कृष्ण ढकाल,बर्दघाट,कार्तिक–१७ स्थानिय स्तरमा भएका विकास निमार्णका काम र शुसाशनका पक्षमा पत्रकारहरुले निधक्र्क भएर कलम चलाउनु पर्ने एक कार्यक्रमका बक्ताहरुले जोडदिएका छन् । उनीहरुले कुनैपनि कार्यालय तथा संघ सस्थाहरुले गर्ने काम र त्यसको प्रभावका वारेमा आमनागरिकहरुलाई जानकारी दिनु पत्रकारहरुको जिम्मेवारी भएको बताउदै उनीहरुले पत्रकार स्वयम पनि पारदर्शी र उत्तरदायि बन्न जरुरी रहेकोे बताएका छन । त्रिवेणी सामुदायिक टेलिभिजनको आयोजना ,जिल्लाविकास समिति नवलपरासीको आर्थिक सहयोग र बर्दघाट नगरपालिकाको समन्वयमा बर्दघाटमा आयोजित एकदिवशिय विकास तथा सुसाशनसम्वन्धि अभिमुखिकरण कार्यक्रमको उद्घाटन सत्रमा बोल्ने बक्क्ताहरुले उक्त कुरा बताएका हुन ।कार्यक्रममा बोल्ने बक्ताहरुले जिल्लाका कुन कुन स्थानमा कस्ता किसिमका योजनाहरु परेका छन् र ति योजनाहरु कसरी कार्यान्वयको पाटोमा अघि बढेकाछन् भन्ने विषयमा समेत कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका थिए । त्यसैगरि उनीहरुले पत्रकारहरु कसैको रवाब र दबावमा नपरिकन पत्रकारीताको मर्म र धर्ममा रहेर पारदर्सि तरीकाले अघि बढ्न सुझाब समेत दिएका थिए । त्रिवेणी सामुदायिक टेलिभिजनका अध्यक्ष भोजराज ढकालको अध्यक्षता र जिल्ला विकास समिति नवलपरासीका योजना अधिकृत प्रकाश पन्थीको प्रमुख आतिथ्यतामा भएको एकदिवशिय विकास तथा सुसाशन सम्वन्धि अभिमुखिकरण कार्यक्रममा न्यूनतम् पारिश्रमीक निर्धारण समितिका सदस्य दीपक ज्ञवाली, पत्रकार महासंघ नवलपरासीका अध्यक्ष नारायण शर्मा,बर्दघाट नगरपालिकाका योजना अधिकृत कृष्ण थापा र स्थानिय नगर स्तरीय राजनितिक दलका नेताहरु समेत सो अवसरमा सहभागिता रहेको थियो ।टेलिभिजनका कार्यकारी निर्देशक रवि पाण्डेको संचालन र कार्य समिति सदस्य
क्षेत्र बहादुर थापाको स्वागतमा उक्त उद्घाटन कार्यक्रम सम्पन्न् भएको थियो ।
तपाइँको प्रतिक्रिया