निर्वाचनमा पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूलाई अनुमति प्राप्तिका लागि निवेदन दिन आह्वान

काठमाण्डौं, भाद्र ८
मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूलाई अनुमति प्राप्तिका लागि निर्वाचन आयोगले निवेदन दिन आह्वान गरेको छ ।
आज सूचना निकालेर आयोगले पर्यवेक्षण अनुमति लिन निवेदन दिन आह्वान गरेको हो ।
राष्ट्रिय संस्थाहरूलाई आयोगले पर्यवेक्षण अनुमति दिने तयारी गरेको छ ।
अनुमति लिनका लागि संस्था दर्ता प्रमाणपत्र प्रतिलिपी, संस्थाको विधान प्रतिलिपी, नवीकरण, पदाधिकारी विवरणलगायत खुलाएर आयोगमा निवेदन दिन सकिनेछ ।
यसअघि निर्वाचन पर्यवेक्षणका लागि अनुमति प्राप्त गरेर पर्यवेक्षण नगरेका वा पर्यवेक्षण प्रतिवेदन पेश नगर्ने संस्था वा निर्वाचन आचारसंहिता उल्लङ्घन गरी सजाय पाएको संस्थालाई अनुमति नदिइने पनि आयोगले प्रष्टाएको छ ।
तपाइँको प्रतिक्रिया