निर्वाचन आयोगले आज उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गर्दै

२६ असोज, काठमाडौं
आगामी मंसिर ४ को निर्वाचन का लागि निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई आज निर्वाचन चिह्न प्रदान गर्दैछ ।
निर्वाचन चिह्न वितरण गर्ने समय आज अपराह्न ४ बजेदेखि बेलुका ७ बजेसम्म निर्धारण गरिएको छ । स्वतन्त्रतर्फका उम्मेदवारहरुलाई आयोगले कुनै एउटा चिह्न रोज्न लगाउने छ भने राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न साविककै हुने आयोगले जनाएको छ ।
आयोगले आजै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने र त्यसका लागि दिउँसो १ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । कसैले आफ्नो उम्मेदवारी फिर्ता लिने भए बिहान १० बजेदेखि १ बजेसम्म अन्तिम नामावली प्रकाशित हुनुअघि लिईसक्नुपर्ने आयोगले बताएको छ ।
सत्ता गठबन्धनका शीर्ष नेताहरुले सोमबार संयुक्त सूचना जारी गरी बागी उम्मेदवारहरुलाई आज दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता लिन भनेका छन् । यदि फिर्ता नलिए पार्टीबाट निष्कासन गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन् ।
तपाइँको प्रतिक्रिया