निर्वाचन क्षेत्र निर्धारण सम्वन्धि विधेयक राष्ट्रघाती,उपप्रधान तथा सहकारी विकास मन्त्रि चित्र वहादुर केसी

माघ २४ कावासोती,उपप्रधान तथा सहकारी विकास मन्त्रि चित्र वहादुर केसीले वर्तमान सरकारले पारित गरेको निर्वाचन क्षेत्र निर्धारण सम्वन्धि विधेयक राष्ट्रघाती भएको वताउनुभएको छ । जनसङखया लाई मुख्य आधार वनाएर ताईका २२ जिल्लामा अंगिकृत नागरिकता वढाउने र देश टुक्राउने ग्राण्ड डिजाईनमा विधेयक पास गरीएको हुदा सरकारमै भएर पनी आफुले विपक्षीमा मतदान गरेको केसीले वताउनुभयो । विदेशी नागरिक अहीले पनी नेपालको संसदमा रहेको भन्दै आफुले विरोध गर्दा कसैले नसुनेको केसीले गुनासो गर्नुभयो । शनिबार नवलपरासीको कावासोतीमा राष्ट्रिय जनमोर्चा नवलपरासीको तेस्रो जिल्ला अभिवेशनको उद्घाटन गर्दै यस्तो बताउनुभएको हो । उपप्रधानमन्त्री केसीले यस अघि पनि पटक पटक नेपालमा संविधान बनेको भए पनि यस पटक जनताको चाहाना बमोजिम, जनताबाट चुनेको प्रतिनिधिहरुले संविधान निर्माण गरेको र भारतले भनेर अनुसार दलहरु नगएका कारण भारतले नाकाबन्दी गरेको दावी समेत गर्नुभयो ।
तपाइँको प्रतिक्रिया