निलम्बित प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाको पूरक प्रश्नको बयान आज लिईदै

काठमाडौं, भाद्र ३१
निलम्बित प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणालाई महाअभियोग सिफारिस समितिले बयानको पूरक प्रश्नका लागि आज बोलाएको छ ।
समितिका सचिव एवम् प्रवक्ता लक्ष्मी प्रसाद गौतमका अनुसार आज बिहान ९ बजे बोलाएको हो ।
राणाले नाम लिएका नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष, अध्यक्ष एवम् अधिवक्ताहरुसँग समितिले हिजो नै बयान लिईसकेको छ ।
बिहीबारको बैठकले जबरालाई पूरक प्रश्नका लागि आज बिहान ९ बजे बोलाउने निर्णय गरेको थियो ।
तपाइँको प्रतिक्रिया