निलम्बित प्रधानन्यायाधीश प्रहरी घेरामा राख्नु गैरजिम्मेवार क्रियाकलाप हो : एमाले अध्यक्ष ओली

२ असोज, काठमाडौं
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश प्रहरी घेरामा राख्नु गैरजिम्मेवार क्रियाकलाप भएको बताउनु भयो ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सफाइ पाइसकेको ओलीको दाबी थियो । संसदको कार्यकाल सकिएसँगै महाअभियोग स्वतः निस्फल हुने उहाँको तर्क थियो ।
प्रतिनिधिसभा सदस्यहरुको कार्यालय शनिबार मध्यरातमा सकिएपछि महाअभियोग प्रस्ताव टुंगो नलागेको र यो स्वतः विफल भएको भन्दै जबराले आइतबार सर्वोच्च अदालत फर्किन खोजेका थिए ।
आज आईतबार प्रहरीले निवासमै कडा सुरक्षा घेरा दिएपछि उनी अदालत जानबाट रोकिएका थिए ।
सोमबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले महाअभियोग प्रस्ताव दर्ता भएपछि पास वा फेल हुनुपर्ने बताउनु भयो ।
यो घटनालाई अदालतमाथि भएको हस्तक्षेपको टिप्पणी गर्नुभयो ।
सभामुखले सत्तापक्षको स्वार्थअनुसार ६ महिनासम्म अड्काएर राखेको तर पास गर्न नसकेको र हिजो, संसदको अधिवेशन मात्र सकिएन, संसदको कार्यकाल नै सकिएकाले महाभियोग प्रस्ताव पारित हुन नसकी फेल भएको बताउनुभयो ।
ओलीले भन्नुभयो ‘दर्ता भयो र पारित भएन भने कुरा सिद्धियो । यसमा सत्तापक्षले उहाँलाई विलम्ब गरेर सफाइ दिएको बताउनुभयो ।
तपाइँको प्रतिक्रिया