निवर्तमान सांसद तिलक महत मार्फत जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान

दयाराम आचार्य, कावासोती, १९ जेठ ।
नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । नवलपुर क्षेत्र नम्बर दुईका निवर्तमान सांसद एवं नेकपा एमाले केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज तिलक महतको पहलमा बुधबार अस्पताललाई अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । निवर्तमान सांसद महतको पहलमा १५ थान अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर ७ थान, पल्स अक्सिमिटर ५ थान लगाएतका सामाग्री अस्पताललाई प्रदान गरिएको हो ।
निर्वतमान सांसद महतले समाग्रिहरु जिल्ला कोभिड नियन्त्रण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी मार्फत अस्पतालका मेडिकल सुपरिन्टेन्डेण्ट डा. बीर बहादुर थापालाई प्रदान गर्नुभएको थियो । उहाँले थप २० सिलिन्डर अक्सिजन आउने क्रममा रहेको बताउदै जिल्लामा अक्सिजनको अभाव हुन नदिने बताउनुभयो ।
सामाग्री हस्तान्तर गर्दै निवर्तमान सांसद महतले कोभिड १९ नियन्त्रण र उपचारकालागि राज्य लागि परिरहेको बताउनुभयो । नवलपुरमा कोभिड संक्रमितको उपचारलाई सहज बनाउन र आवश्यक स्वास्थ्य सामाग्री्रको अभाव हुन नदिन आफुले पहल गरिरहने बताउनुभयो ।अक्सिजनको अभाव हुन नदिन संघ सरकारले अक्सिजन प्लान्ट जडानकालागि समेत ७५ लाख प्रदान गरेको बताउदै थप आवश्यक पर्ने सामाग्री्रको व्यवस्थापनमा आफु निरन्तर लागि रहने बताउनुभाये ।
उहाँले अस्पतालको थप विकासकालागि संघ र प्रदेश सरकारसंग समन्वय भइरहेको बताउनुभयो । अस्पतालको शैया थप गर्दै थप विकासमा आफुले पहल गरिरहेको बताउनुभयो । जिल्ला अस्पताल सहित नवलपुरका सबै स्थानीय तहमा रहेका आइसोलेशन सेन्टरकालागि समेत आवश्यक स्वास्थ्य सामाग्री्रको पहिचान गरि व्यवस्थापनमा लाग्न आवश्यकता रहेको समेत उहाँले बताउनुभयो । यसकालागि समेत आफुले आवश्यकता अनुसारको सहयोग गर्ने निवर्तमान सांसद महतले बताउनुभयो ।
सामाग्री्र हस्तान्तरण गर्दै जिल्लामा कोभिड नियन्त्रण र उपचारमा खटिने स्वास्थ्यकर्मी, प्रशासन, सुरक्षाकर्मी, बिभिन्न संघ संस्था सबैमा धन्यावद दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी मनमाया पंगनीले सबैको सहयोगले अहिले मध्यविन्दु जिल्ला अस्पतालका कोभिड संक्रमितको उपचारमा सहजता भएको बताउनुभयो । उहाँले अझै यसको विकास गर्दै चितवन लगाएत अन्यत्र उपचारकालागि जानुपर्ने अवस्थाको अन्त्य गरि विकल्पका रुपमा जिल्ला अस्पतालको विकास गर्दे जानुपर्ने बताउनुभयो ।
अस्पतालका मेसु डा. बीर बहादुर थापाले स्वास्थ्य सामाग्री्र प्रदान गरिदिनुभएकोमा निवर्तमान सांसद महतलाई धन्यवाद दिनुभएको थियो । सबैको सहयोगले कोभिड नियन्त्रण र उपचारमा खटिन आफुहरुलाई समेत साथ मिलेको डा. थापाले बताउनुभयो ।
तपाइँको प्रतिक्रिया