निशुल्क स्वास्थ्य शिविर गर्दै रजहर जेसीजको सकियो साताव्यापि कार्यक्रम

रजहर जेसीजको साताव्यापी कार्यक्रममाको अन्तिम दिन शनिवार निशुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरि आफ्नो साताव्यापि कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको देवचुलि नगरपालिका २ दुम्कौलीमा एक कार्यक्रमाको आयोजना गरि स्वास्थ्य शिविरको आयोजनाख गरेको हो । सामुदायिक प्रकृतिक चिकित्सालय रजहरका व्यवस्थापक हरिप्रसाद सापकोटाको प्रमुख आतिथ्यता रहेको शिविरमा तिन सय भन्दा बढिले निशुल्क स्वास्थ्य परिक्षण र औषधि पाएका थिए । स्वास्थ्य शिविरमा भरतपुर अस्पतालका न्युरो सर्जन डा उपेन्द्र दासको टोलिले स्वास्थ्य शिविरमा आएकाहरुको स्वास्थ्य परिक्षण र आवस्यक ओषधि प्रदान गरेका थिए । स्वास्थ्य शिविर कार्यक्रममा देवचुली नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष माधव केसी, समाज सेवी एवम उघोगी लक्ष्मण सुवेदी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम रजहर जेसीजका अध्यक्ष चित्रध्वज जिसीको अध्यक्षतामा आयोजना गरिएको थियो । स्वास्थ्य शिविर पश्चात रजहर जेसीजले गरेको साताव्यापी कार्यक्रम रजहरको धुसेरी सामुदायिक वनको सभाहलमा एक भव्य कार्यक्रमको आयोजना गरि समापन गरेको छ ।
तपाइँको प्रतिक्रिया