निषेधाज्ञाको कडाईका साथ पालना गर्न गैँडाकोट नगरपालिकाको अनुरोध, खुकुलोपन यस्तो

गैँडाकोट, ३१ बैशाख ।
गैँडाकोट नगरपालिकाले जिल्ला प्रशासन कार्यालय नवलपुरले जारी गरेको निषेधाज्ञाको पुर्ण रुपमा पालना गर्न सवै नगरबासिहरुमा अनुरोध गरेको छ । खाद्यान्न, फलफुल र तरकारी पसल विहान ७ बजे बाट ९ बजेसम्म सञ्चालन गर्न तथा दुध डेरी विहान ७ देखि ९ र बेलुका ४ बजे देखि ६ बजे सम्म मात्रै खोल्न आग्रह गरेको छ ।
बैंक तथा वित्तिय संस्था कम कर्मचारीको उपस्थितिमा बिहान १० बजे देखि १२ बजे सम्म सञ्चालन गर्न नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत याम प्रसाद सुवेदिद्धारा हस्ताक्षरित सुचनामा जनाईएको छ ।
तपाइँको प्रतिक्रिया