नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूद्धारा शिक्षामन्त्री खनालको पुत्ला दहन

१३ माघ, काठमाडौं ।
प्रदर्शनी मार्गस्थित रत्न राज्य (आरआर) क्याम्पस अगाडि आज बिहान नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षामन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ ।
शिक्षामन्त्री खनालले सरकारमा गएर गरेको पहिलो निर्णय नै जनताका लागि अभिशाप भएको उनीहरुको आरोप छ । शिक्षामन्त्री खनालले पहिलो निर्णय नै निजी क्षेत्रलाई कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छपाइका लागि दिने गरेका थिए ।
यो निर्णयले झनै विद्यार्थीहरुलाई महँगो मूल्यमा पुस्तक किन्न बाध्य हुनुपर्ने अवस्था आउने र निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाउन दिएर पैसाको चलखेल हुनसक्ने विद्यार्थी नेताको तर्क छ ।
शिक्षामन्त्रीले जनक शिक्षा सामग्रीलाई बचाउनुको सट्टा मास्ने गतिविधि गरेको आरोप समेत उनीहरुको रहेको छ ।
उनले जनक शिक्षा सामग्री केन्द्रलाई बलियो, सशक्त र गरिब जनताका छोराछोरीको हातमा पुस्तक समयमा नै पुग्नेगरि काम गर्न आग्रहसमेत गरेका छन् ।
तपाइँको प्रतिक्रिया