नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको ३८ औं प्रधानमन्त्री हुने लगभग पक्का

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको ३८ औं प्रधानमन्त्री हुने पक्का भएको छ । सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने प्रतिपक्षमा बस्ने भएको छ ।व्यवस्थापिका संसदको भोलि आइतबार ११ बजेको बैठकमा मतदान हुनेछ । एमाले अध्यक्ष केपी ओलीले शनिबार उम्मेदवारी दर्ता गरेका छन् । केपी ओलीसँग प्रधानमन्त्रीमा प्रतिस्पर्धाका लागि कांग्रेस सभापति सुशील कोइरालाले प्रतिस्पर्धा गर्ने भएका छन् ।ओलीको प्रस्तावक एमाओवादी अध्यक्ष प्रचण्ड र समर्थक राप्रपा नेपालका अध्यक्ष कमल थापा छन् । एमाओवादी र राप्रपा नेपालको समर्थन पाएपछि ओली प्रधानमन्त्री हुने पक्कापक्की भएको छ ।एमालेका १८३, एमाओवादीका ८३ र राप्रपा नेपालका २५ सभासद छन् । तीन दलको कुल मत २९१ हुन्छ । ओलीलाई साना दलको पनि समर्थन छ ।प्रधानमन्त्री बन्न ओलीलाई आवश्यक ३०० मत र्पुयाउन तीन दलबाहेक थप ९ मतमात्रै चाहिन्छ । यसका लागि राप्रपासहितका दलहरुले सहमति जनाइसकेकाले ओलीको बहुमत निश्चित देखिएको छ ।संसद सचिवालयमा उमेद्वारी दर्ता गर्दा ओलीको समर्थनमा एक स्वतन्त्रसहित १२ दलका नेताले हस्ताक्षर गरेर सहमति जनाएका छन् ।
तपाइँको प्रतिक्रिया