नेकपा एमालेको मेची महाकाली अभियान पश्चिम तराईमा

२ चैत, टीकापुर । नेकपा एमालेको मेची महाकाली अभियान पश्चिम तराईका थारु बस्तीमा प्रवेश गरेको छ । मंगलबार बर्दियाको गुलरियामा जनसभा गरेका एमाले नेताहरुले बुधवार बिहान स्थानीय थारुे समुुदायसँग छलफल गरे । एमालेका थारु नेताहरु नागेन्द्र चौधरी, बलदेव चौधरी, शान्ता चौधरी लगायतले थारु समुदाय र नेतृत्वबीच समन्वय प्रयास गरेका छन् । एमालेको अभियान आज बर्दियाको सबैभन्दा बढी थारु बाहुल्य रहेको राजापुर क्षेत्रबाट अघि बढ्ने प्रचार विभाग सचिव बिष्णु रिजालले जानकारी दिनुभयो । राजापुुरमा आयोजित सभालाई एमालेका शीर्ष नेताहरुले सम्बोधन गर्ने क्रम जारी रहेको छ । राजापुरपछि एमालेको अभियान कैलाली प्रवेश गर्नेछ ।कैलालीको टीकापुरर शक्ति प्रदर्शनसहित जनसभाको तयारी भइरहेको एमाले सांसद गरिमा शाहले जानकारी गराउनुभयो । एमालेको टीकापुर सभा र मेची महाकाली अभियानलाई लक्षित गरेर थरुहट तराई पार्टीले कैलाली बन्द आह्वान गरेको छ । बन्दको आंशिक प्रभाव परे पनि एमालेको अभियानलाई भने असर नगर्ने नेताहरुले जानकारी गराए । टीकापुरमा डेढ वर्षअघि एक बालक सहित ७ प्रहरीको सामुहिक हत्या भएको थियो । थरुहट आन्दोलनकारीले प्रहरीको हत्या गरेपछि राज्य पक्षबाट दमन भएको आरोप लाग्दै आएको छ । टीकापुर काण्ड भएकै स्थान नजिक एमालेले सभा गर्दैछ । सभामा थारु समुदायको सहभागिता बढाउन एमालेका स्थानीय नेताहरुले केही दिनदेखि तयारी गरेका छन् । एमालेले मेची महाकाली अभियान शुरु हुनुपूर्व कैलालीका नारदमुनि राना थारु र हनुमान चौधरीलाई केन्द्रीय कमिटीमा मनोनित गरेको थियो ।
तपाइँको प्रतिक्रिया