नेकपा एमाले गैँडाकोटको वडा अधिवेशन १३ वटा वडामा सर्वसम्मत, ३ वडामा स्थगित

नेकपा एमाले गैँडाकोट नगरपालिकाको वडा अधिवेशन १३ वटा वडामा सर्वसम्मत भएको छ भने ३ वटामा वडा अधिवेशन स्थगित भएका छन् । नेकपा एमाले नवलपुरको गैँडाकोट नगरपालिका वडा नं १, ५ र ६ को अध्यक्षमा क्रमश भरत अधिकारी, विष्णुप्रसाद सापकोटा र खिमानन्द सापकोटा चयन हुनु भएको छ । नेकपा एमाले गैँडाकोट नगरपालिकाको वडा नं ४ को अध्यक्षमा नवराज पौडेल सर्वसम्मत चयन हुनु भएको छ । आज भएको वडा अधिवेशनमा पौडेल सर्वसम्मत रुपमा चयन हुनु भएको नगर अध्यक्ष षडानन्द लामिछानेले जानकारी दिनु भयो । यस्तै वडा नं ७ मा मोति ढुंगाना निर्विरोध चयन हुनु भएको छ भने नेकपा एमाल वडा नं. ९ को अध्यक्षमा जयराम कंडेल सर्वसम्मत चयन हुनु भएको छ ।
यस्तै नेकपा एमाले वडा नं. ११ को वडाध्यक्षमा गुरु प्रसाद पौडेल सर्वसम्मत चयन हुनु भएको छ । यस्तै नेकपा एमाले गैँडाकोट वडा नं १२ को अध्यक्षमा शोभाखर सुवेदी सर्वसम्मत चयन हुनु भएको छ । नेकपा एमाले गैँडाकोट वडा नं १३ को अध्यक्षमा क्रीषिराम गौतम सर्वसम्मतरुपमा चयन हुनु भएको छ । नेकपा एमाले गैँडाकोट वडा नं १४ को अध्यक्षमा प्रकाश हमाल निर्विरोध चयन हुनु भएको छ । नेकपा एमाले गैँडाकोट वडा नं १५ मा वडाध्यक्षको पदमा महिला नेतृत्वमा आउनु भएको छ । लालमाया गुरुङ (सरिता) अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । यस्तै नेकपा एमाले गैँडाकोट वडा नं. १६ को अध्यक्षमा रामकुमार पोण्डे सर्वसम्मत चयन हुनु भएको छ । नेकपा एमाले गैँडाकोट नगरपालिका वडा नं १७ मा अध्यक्षमा बुुद्धिराम गिरी सर्वसम्मत चयन हुनु भएको छ । वडा नं २, ८ र १० मा वडा अधिवेशन स्थगित भएको छ । गैँडाकोटमा नगर अधिवेशन भने यहि कार्तिक ९ गते हुँदैछ । वडा नं ३ मा भोलि र १८ मा पर्सि अधिवेशन हुने छ ।
तपाइँको प्रतिक्रिया