नेकपा एमालेको स्थायी कमिटी बैठक भोलि बस्ने

काठमाडौं, ६ मंसिर। आज बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ । दिउँसो तीन बजेका लागि डाकिएको बैठक बैठक भोलि बिहान ११ बस्ने तय भएको हो ।
महाधिवेशन तयारीको समीक्षा र विधानअनुसार ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयनबारे छलफल गर्ने बैठकको कार्यसूची थियो ।
एमालेको दशौं महाधिवेशनमा कुल प्रतिनिधिको ५ प्रतिशत केन्द्रीय कमिटीले मनोनयन गर्ने व्यवस्था छ
तपाइँको प्रतिक्रिया