नेकपा एमाले गैँडाकोट नगरपालिका वडा नं ४, ७ र ९ को अध्यक्षमा नवराज, मोति र जयराम सर्वसम्मतचयन

गैँडाकोट, ६ कार्तिक ।
नेकपा एमाले गैँडाकोट नगरपालिकाको वडा नं ४ को अध्यक्षमा नवराज पौडेल सर्वसम्मत चयन हुनु भएको छ । आज भएको वडा अधिवेशनमा पौडेल सर्वसम्मत रुपमा चयन हुनु भएको नगर अध्यक्ष षडानन्द लामिछानेले जानकारी दिनु भयो । यस्तै वडा नं ७ मा मोति ढुंगाना निर्विरोध चयन हुनु भएको छ भने नेकपा एमाल वडा नं. ९ को अध्यक्षमा जयराम कंडेल सर्वसम्मत चयन हुनु भएको छ । गैँडाकोटमा नगर अधिवेशन यहि कार्तिक ९ गते हुँदैछ । नेकपा (एमाले) को आज देशभर एकसाथ वडा अधिवेशन भइरहेको छ ।
तपाइँको प्रतिक्रिया