नेकपा एमाले गैँडाकोट नगर कमिटिको अधिवेशन कार्तिक ११ गते हुने

गैँडाकोट, ८ कार्तिक ।
नेकपा एमाले गैँडाकोट नगर कमिटिको अधिवेशन अब कार्तिक ११ गते हुने भएको छ ।
गैँडाकोट नगरपालिका वडा नं. २, ८ र १८ को अधिवेशन टुंग्याउन समय लागेकाले ९ गते गर्ने भनिएको नगर अधिवेशन कार्तिक ११ गतेका लागि सारिएको गैँडाकोट नगर ईन्चार्ज यमुनाथ आचार्यले जानकारी दिनु भयो ।
आज र भोलि सम्ममा वडाको अधिवेशन टुंगो लाग्ने बताउदै आचार्यले भोलि साँझ सम्म वडाबाट प्रतिनीधि छनोटको काम पनि सकिने बताउनु भयो ।
अहिले २ र ८ को नेकपा एमाले वडाध्यक्ष टुंगो लगाउने विषयमा छलफल भैरहेको र छिट्रै टुंगो लाग्ने बताउनु भयो । सवै वडाहरुमा प्रतिनीधि छनोट नभए सम्म नगर अधिवेशन गर्न नमिल्ने भएपछि २ दिनका लागि नगर कमिटि अधिवेशन २ दिन पर सारिएको हो । कार्तिक ११ गते गैँडाकोट नगरपालिका वडा नं. १३ मा रहेको कालाबञ्जरा रिर्सोटमा नगर अधिवेशन हुने तय भएको छ ।
तपाइँको प्रतिक्रिया