नेकपा एमाले गैँडाकोट वडा नं ८ को अध्यक्षमा श्री हरी चालिसे सर्वसम्मत चयन

गैँडाकोट, ८ कार्तिक ।
नेकपा एमाले गैँडाकोट नगरपालिका वडा नं ८ को अध्यक्षमा श्री हरी चालिसे सर्वसम्मत चयन हुनु भएको छ । आज बसेको बैठकले चालिसेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको नेकपा एमाले गैँडाकोटका इन्चार्ज यमुनाथ आचार्यले जानकारी दिनु भयो । उपाध्यक्षमा हरिमाया अधिकारी, सचिवमा गोविन्द आचार्य, उपसचिवमा शिव पौडेल र गोपाल पराजुली चयन भएको एमाले नेता तथा नेकपा एमाले वडा नं ८ का निर्वतमान अध्यक्ष नरबहादुर थापाले जानकारी दिनु भयो ।
गैँडाकोट नगरपालिकाको वडा नं २ बाहेक सवै वडामा नेकपा एमालेको वडा अधिवेशन सम्पन्न भएको छ । वडा नं २ मा सर्वसम्मत रुपमा अध्यक्ष चयन गर्ने छलफल भैरहेको बताउदै नेकपा एमाले गैँडाकोटका इन्चार्ज आचार्यले स्थानियको सहमातिमा अध्यक्ष चयन नभए अब नगर अधिवेशन पछाडि टुंगाउने जानकारी दिनु भयो । यसैविच आज नगरपालिकाको १८ वटै वडामा प्रतिनीधि छनोट गर्ने काम पनि सम्पन्न भएको छ । करिब २ सय ५० को हाराहारीमा प्रतिनीधि छनोट भएको आचार्यले जानकारी दिनु भयो ।
तपाइँको प्रतिक्रिया