नेकपा एमाले गैँडाकोट नगरकमिटि अध्यक्षमा ५ जनाको दावेदारी

हिमा अर्याल,गैँडाकोट, १० कार्तिक ।
नेकपा एमाले गैँडाकोट नगरकमिटि अध्यक्षमा ५ जना आकाक्षी देखिएका छन् । आकाक्षी मध्ये ४ जनाले अध्यक्षमा आफ्नो दावेदारी घोषणा गरेका छन् । नगर अध्यक्षका लागि राम चन्द्र धिताल, देविदत्त कंडेल, गिरीराज मणि पोख्रेल र नवराज कंडेलले सामाजिक सञ्जाल मार्फत उम्मेद्धवारी घोषणा गरेका हुन् । नेकपा एमाले गैँडाकोट नगरकमिटि अध्यक्ष षडानन्द लामिछानेलले पनि अध्यक्षमा आफु दोश्रो कार्यकालका लागि आकाक्षी रहेको बताउनु भएको छ । आफ्नो दावेदारी स्व घोषणा नगरेपनि पार्टीले नेतृत्व गर्न भने आफु तयार रहेको लामिछानेले बताउनु भयो ।
यी कारणले अध्यक्षमा दावेदारी
राम चन्द्र धिताल – विखण्डनका विरुद्ध सशक्त जनाधार, स्थानिय तह एमालेको आधार भन्ने नारा सहित धितालले उम्मेद्धवारी घोषणा गर्नु भएको छ । २०३६ साल देखि राजनीति सुरु गर्नु भएका धितालले लोकप्रिय पार्टी नेकपा एमाले बलियो बनाउन बैज्ञानिक ढंगले आगामि कार्यक्रमहरु सञ्चालन, युवाहरुलाई प्रविधी मैत्री र उत्पादनमुलक बनाउन एवम् रोजगारी सृजना गर्न आफुले उम्मेद्धावारी घोषणा गरेको बताउनु भयो । समग्र गैँडकोटको विकासका लागि दिगो कार्यक्रम अन्तर्गत समृद्ध गैँडाकोट सुखी गैँडाकोट अभियान सञ्चालन गर्ने बताउनु भयो ।
राजनीतिक पृष्ठभूमि-
२०३६ साल देखी अनेरास्वयुमा आवद्ध रहेर विद्यालय देखि क्याम्पस तहमा विभिन्न कमिटिमा रहेर काम गर्नु भएका धिताल २०५४ साल देखि ५६ सम्म नवलपरासी काठमाण्डौँ सम्पर्क मञ्चको संयोजकको रुपमा काम गर्नु छ । उहाले २०५६ सालदेखी २०६२सालसम्म साविक मुकुन्दपुर गाउँ कमिटि सचिवको रुपमा रहेर काम गर्नु भएको थियो । उहाँले स्थानीय, क्षेत्र तथा जिल्लामा हुने पार्टीका हरेक गतिविधीमा सक्रिय सहभागिता जनाउँदै संगठन विस्तार तथा व्यवस्थापनमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आउनुभएको छ । उहाँ पार्टीको नवलपुर क्षेत्र नम्बर १ को क्षेत्रिय सदस्य समेत हुनुहुन्छ ।
गिरीराज उपाध्याय-नेकपा एमाले गैँडाकोट नगरपालिकाको अध्यक्षमा दावेदारी गरिरहनु भएका उपाध्याय पार्टी एकता र सुद्धिढिकरणका लागि आफुले उम्मेद्धवारी घोषणा गरेको बताउनु भएको छ ।
राजनीतिक पृष्ठभूमि-
स्याङ्जा जिल्लाबाट २०५१ साल देखि नेकपा एमालेको सक्रिय राजनितीमा प्रवेश गर्नु भएका उपाध्याय २०५४ देखि ६९ सम्म स्याङ्जाको चिसापानी गाविसमा निर्वाचित गाविस अध्यक्षको जिम्मेवारी बहन गर्नु भएको थियो । गाँउ कमिटि र क्षेत्रीय कमिटिमा २ पटक सचिवको जिम्मेवारी सम्हाल्नु भएको उहाँ गैँडाकोट आएपछि पनि गाँउ कमिटि सचिवको जिम्मेवारीमा रहनु भएको थियो । नवलपुर क्षेत्र नं १ को क्षेत्रीय कमिटि सदस्यमा रहेर पनि काम गरेको बताउदै अहिले नेपाल बुद्धिजिवी परिषद् जिल्ला कमिटि सदस्य र नेपाल प्रगतिशिल प्राध्यापक चितवनका सदस्यको रुपमा रहेर काम गरिरहनु भएको छ ।
नवराज कंडेल- नेकपा एमाले गैँडाकोट नगर कमिटिको अध्यक्षमा उम्मेद्धवारी घोषणा गर्नु भएका युवा नेता नवराज कंडेलले पार्टिलाई एकतावद्ध बनाउदै नगरमा थप वलियो बनाउन उमेद्धवारी दिएको बताउनु भएको छ । गुट रहित एमाले निर्माणमा आफु सदैव लागिरहने भन्दै नेता कंडेलले सबैको सहमतीमा आफुले नेतृत्व गर्ने बताउनु भयो । मेरो स्वार्थ भनेको पार्टी बलियो बनाउनु हो, त्यो बाहेक म मा अरु स्वार्थ छैन” कंडेलले भन्नु भयो ।
राजनीतिक पृष्ठभूमि-
२०६६–५–३० बाट पार्टीको सक्रिय एवं युवा संघबाट आफ्नो राजनिति सुरु गरेका कंडेल युवा संघ नवलपुर जिल्ला सचिवालय सदस्य समेत हुनु भएको थियो । तत्कालीन सस्थापन पक्षमा बिदेश बिभाग केन्द्रिय सदस्य र राष्ट्रिय युवा संघ नेपालको पुनर्गठित केन्द्रीय कमिटी अन्तर्गत क्षेत्रिय सदस्य रहेर काम गरेको अनुभव उहाँ संग छ । नवलपुर जिल्लामा सक्रिय राजनीतिक यात्रालाई अगाडि बढाउनु भएका कंडेल युवामाझ लोकप्रिय नेताका रूपमा चिनिने गर्नु भएको छ ।
देविदत्त कंडेल-नेकपा एमाले गैँडाकोट नगर कमिटिको अध्यक्षमा उम्मेद्धवारी घोषणा गर्नु भएका नेता देविदत्त कंडेलले पार्टीमा देखिएको गुटवन्दी अन्त्य र पार्टिलाई सवल, सक्षम बनाउन आफुले उम्मेद्धवारी घोषणा गरेको बताउनु भएको छ । कंडेल गैँडाकोट वडा नं.१० का वडाध्यक्ष समेत हुनुहुन्छ ।
राजनीतिक पृष्ठभूमि-
एमाले नेता कंडेल साविक मुकुन्दपुर को गाविस अध्यक्षमा रहेर २ पटक नेतृत्व गर्नु भएका व्यक्ति हुुनुहुन्छ । गैँडकोट नगर कमिटिमा पनि २ पटक उपाध्यक्षको भुमिकामा रहनु भएका उहाँले अब आफुलाई सवैको सहमतिमा अध्यक्ष चयन गर्नु पर्ने बताउनु भयो ।
एमाले गैँडाकोटको एकताको प्रथम नगरअधिवेशन यहि कार्तिक ११ गते होटल कालाबन्जरमा हुदैछ ।
तपाइँको प्रतिक्रिया