नेकपा एमाले गैँडाकोट नगरकमिटीको पदाधिकारी तथा सदस्यहरुद्धारा सपथ ग्रहण

गैँडाकोट, ३ मंसिर ।
नेकपा एमाले गैँडाकोट नगरकमिटीको पदाधिकारी तथा सदस्यहरुले शुक्रबार सपथ ग्रहण गरेका छन् । ७५ सदस्यीय कमिटिलाई निर्वाचन समितिका संयोजक रामुकान्त अर्यालले नगर कमिटी अध्यक्ष षडानन्द लामिछानेलाई र अध्यक्ष लामिछानेले उपाध्यक्ष नवराज कंडेल, सचिव जगन्नाथ पौडेल, उप सचिवमा कोकिसरा रानामगर र श्रीराम सुवेदी सहित पदाधिकारी र सदस्यहरुलाई सपथ गराउनु भएको थियो । कार्यक्रमको प्रमुख अतिथी रहनु भएका नवलपुर क्षेत्र नं २ का संघिय सासंद तिलक महतले निर्वाचित सवै पदाधिकारी तथा सदस्यहरुलाई सफल कार्यकालको सुभकामना दिदै चितवनमा हुन गैरहेको १० औ महाधिवेशनमा सक्रिय सहभागिता जनाएर बृहत रुपले सम्पन्न गर्नका लागि सहयोग गर्न आग्रह गर्नु भयो ।
नव निर्वाचित एमाले नगर कमिटिमा जनजातिबाट ९ जना, दलित तर्फ ५ जना, अपागंतर्फ १ जना र लोपउन्मुख तर्फ १ जना सहित ७० सदस्य रहेका छन् । कार्यक्रममा स्वागत मन्तव्य निर्वाचन समिति सदस्य रमेश काफ्लेले राख्नु भएको थियो । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्यहरु तिलक महत, रविन्द्र अधिकारी, जिल्ला अध्यक्ष रोशन बहादुर गाहा मगर, जिल्ला सचिव जिवन श्रेष्ठ लगायत एमालेका नेताहरुको उपस्थिति रहेको थियो ।सपथग्रहण समारोहमा सवैनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
तपाइँको प्रतिक्रिया