नेकपा एमाले चितवनको अध्यक्षमा कृष्णभक्त पोखरेल

चितवन ९, नेकपा एमाले चितवनको अध्यक्षमा कृष्णभक्त पोखरेल विजयी भएको छ । निकटतम प्रतिस्पर्धी जगन्नाथ थपलियालाई १ सय ४२ मतले पछाडी पार्दै पोखरेल विजयी हुनुभएको हो । पोखरेलले ४ सय ३१ मत प्राप्त गर्नुभएको थियो भने थपलियाले २ सय ८९ मत प्राप्त गर्नुभएको हो । यस्तै उपाध्यक्षमा कृष्ण भुर्तेललाई पराजित गर्दै तेजेन्द्र वहादुर खड्का विजयी भएको छ । खड्काले ४ सय २४ मत प्राप्त गर्नुभएको थियोे भने कृष्ण भुर्तेलले २ सय ९३ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै सचिवमा पार्वती रावल विजयी हुनुभएको छ । उहाले निकटतम प्रतिस्पर्धी नारायण वनलाई पराजित गर्नुभएको हो । रावलको ३ सय ७३ मत र वनको ३ सय ४८ मत रहेको छ । उपसचिवमा सुर्यवदना हमाल विजयी हुनुभएको छ । उहाले रामप्रसाद न्यौपानेलाई पराजित गर्नुभएको हो । हमालले ३ सय ८५ मत र न्यौपानेले ३ सय २३ मत प्राप्त गर्नुभउको थियो । यसअघि सोमवार राती घोषित सदस्य पदको परिणाम अनुसार अधिकांश सदस्यहरु पोखरेलकै प्यानलबाट निर्वा्चित भएका छन् । यस्तै लेखा कमिटी अध्यक्षमा केशव आचार्य निर्वा्िचत हुनुभएको छ । उहाले मुक्ति ढकाललाई पराजित गदै लेखा कमिटीको अध्यक्षमा चयन हुनुभएको हो । निर्वाचन कमिटी अध्यक्षमा कृष्णप्रसाद डोटेललाई पराजित गर्दै गोपीप्रसाद नेपाल निर्वा्चित हुनुभयो । रत्ननगरको होटल स्टार बैक्वेटमा भएको अधिवेशनमा आइतवार राति मतदान गरिएको थियो । कूल ७४३ मतदातामध्ये ७ सय ३५ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
तपाइँको प्रतिक्रिया