नेकपा एमाले चितवनको बन्द सत्र जारि ,राजनैतिक र आर्थिक प्रतिवेदन सर्वसम्मत पारित

चितवन, कार्तिक ७ , नेकपा एमाले चितवनको शनिबारदेखि सुरु भएको नवौं जिल्ला अधिवेशनमा बन्द सत्र जारि छ । राति अवेरवाट सुरु भएको वन्दसत्रमा अध्यक्ष जेएन थपलियाको राजनैतिक प्रतिवेदन र आर्थिक विभागका प्रमुख धनश्याम भट्टराइको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ । निर्वाचन आयोगले प्रतिनिधिका लागी अन्तिम नामावली प्रकाशन गरेको छ । विहान ९ वजेदेखी निर्वाचन प्रक्रिया सुरुभइ दिउसो १ः३० देखी मतदान हुने निर्वाचन कमिटीले जनाएको छ । सर्वसम्मत नेतृत्व चयनको प्रयास विफल भएपछि निर्वाचन हुने भएको हो । नयाँ नेतृत्वका लागि संस्थापन पक्षका वर्तमान अध्यक्ष जेएन थपलिया र माधवकुमार नेपाल पक्षका वर्तमान उपाध्यक्ष कृष्णभक्त पोखरेल अघि सरेका छन् । थपलिया पक्षबाट उपाध्यक्ष पदमा कृष्ण भुर्तेल,सचिवमा पार्वती रावल र सहसचिवमा राम प्रसाद न्यौपाने अघि सरेका छन् ।त्यस्तै पोखरेल पक्षबाट उपाध्यक्षमा तेजेन्द्र खड्का,सचिवमा नारायण वन र सहसचिवमा सुर्यवदना हमाल चुनावी लड्ने वताइएको छ ।
तपाइँको प्रतिक्रिया