नेकपा एमाले नवलपरासीका सचिवालय सदस्य पर्शुराम थारुको मंगलवार निधन

परासी जेठ ११
नेकपा एमाले नवलपरासीका सचिवालय सदस्य पर्शुराम थारुको आज मृत्यु भएको छ । नवलपरासी जिल्ला क्षत्रे नम्बर ५ का इन्चार्ज समेत रहनुभएका जहदा गाविस १ स्थित मझौनी निवासी थारुको आज बिहान करिव ४ बजेको समयमा खेतमा मोटर बाट पानि पट्याउने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । पानि पट्याउदा पट्याउने क्रममा बिधुत सर्ट भई करेन्ट लागे पछि उपचारका लागि पृथ्बी चन्द्र जिल्ला अस्पतालमा ल्याउने क्रममा करिज ६ बजेको समयमा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । उहाको शव अहिले पृथ्वी चन्द्र अस्पतालमा राखिएको छ । यसैबिच मृतक थारुको शवलाई श्रद्धान्जलिका लागि नेकपा एमाले पार्टि कार्यालयको प्राँगढमा राखि श्रद्धान्जलि अर्पण गरीएको छ ।
तपाइँको प्रतिक्रिया