नेकपा एमाले प्रदेश नं. ४ को बैठक आजबाट सुरु

सन्तकुमार चौधरी– कावासोती २१, नेकपा एमाले प्रदेश नं. ४ को प्रदेश कमिटीको दोस्रोपूर्ण बैठक आजदेखि नवलपरासीको अमलटारी स्थित होमस्टेमा सुरुभएको छ । नवलपरासी जिल्ला दुई वटा प्रदेशमा बिभाजन भएपछि एमालेले नवलपुर क्षेत्रमा पहिलो पटक प्रदेश नंं ४ को बैठक गरेको हो । यस अघि कास्कीको पोखरामा बैठक राखेको थियो । नवलपुर क्षेत्र प्रदेश नं. ४ मा नाका र अभिन्न अंग भएकाले एमाले संबिधान कार्यान्वयन सन्देश दिन बैठक थारु होमस्टे गाउँ अमलटारीमा गरेको एमालेका केन्द्रीय सदस्य तिलक महतले जानकारी दिनुभयो । बैठकमा संबिधानले तोकेको चार नम्बर प्रदेशको सिमांकन नबिगार्ने गरी काम थाल्न राजनैतिक दलहरुलाई सचेत बनाउने बिषयमा छलफल भएको पर्वत जिल्लाका अध्यक्ष पदम गिरीले बताउनुभयो । बैठकमा ११ जिल्लाका जिल्ला अध्यक्ष, पूर्व राष्ट्रिय प्रतिनिधि परिषद सदस्य, केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य र स्थायी कमिटीका सदस्यहरु उपस्थित छन् । दुई दिन सम्म चल्ने बैठकमा एमालेको संबिधान कार्यान्वयनको चार महिने अभियान, पार्टी संगठन, संबिधान कार्यान्वयन, स्थानीय तहको संख्या निर्धारण र चुनावका सन्र्दभमा छलफल हुने एमाले प्रदेश नंं ४ ले जनाएको छ । बैठकमा प्रदेश कमिटीका ६० जना र अन्य गरी करिब एक सय ५० जनाको सहभागीता रहेको छ । बैठकमा छलफल पछि गरिएका निर्णय सोमवार गैडाकोट स्थित मौलाकालिका सामुदायिक वनको परिसरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने तयारी गरिएको छ ।
तपाइँको प्रतिक्रिया