नेकपा एमाले प्रदेश नं. ४ को बैठक नवलपुरक्षेत्रको अमलटारी होमस्टेमा हुने

कावासोती ९ , नेकपा एमाले प्रदेश नं. ४ को बैठक नवलपुरक्षेत्रको अमलटारी होमस्टेमा कार्तिक २१ र २२ गते हुने भएको छ । देश संधिय प्रदेशमा प्रवेश गरेपछि राजनैतिक दलहरुले प्रदेश अनुरुपको कमिटी गठन गरेका छन । संधिय प्रदेश अन्र्तगत नवलपरासी जिल्लाको नवलपुर क्षेत्र ४ नं. प्रदेशमा पर्दछ भने परासी क्षेत्र ५ नं. परेको छ । नवलपुर क्षेत्रलाई प्रदेश नं. ४ को भारत सगको नाकाको रुपमा लिईएको छ । प्रदेश नं ४ अन्र्तगत नवलपरासी जिल्लाको नवलपुर क्षेत्र सहित गण्डकी अञ्चलको ६ जिल्ला र धौलागीरी अञ्चलका ४ जिल्ला रहेका छन । एमालेको ४ नं. प्रदेश ११ जिल्लाबाट प्रतिनिधित्व रहने गरी ६० सदस्यीय रहेको छ जस्मा नवलपुर क्षेत्रबाट ६ जनाको प्रतिनिधित्व रहेको छ । ४ नं.प्रदेशलाई भौगोलीक र सास्कृतिक रुपमा समेत एक गराउन प्रदेश नं. ४ को बैठक नवलपुर क्षेत्रको होमस्टेमा बस्न लागीएको एमाले बैकल्पीक केन्द्रिय सदस्य एबम् नवलपरासी जिल्ला इन्चार्ज तिलक महतले जानकारी दिनुभयो । महतले भने ४ नं. प्रदेश भित्र रहेका कला धर्म संस्कृतिका साथै यस क्षेत्र भित्र रहेको चितावन राष्ट्रिय निकुञ्ज भित्र पाईने एक सिङ्गे गैडाको प्रचार प्रसार गर्न र यस क्षेत्रमा आन्तरीक एवम् बाह्य पर्यटक भित्रायाउनकालागी समेत प्रदेश नं. ४ को बैठक अमलटारीमा आयोजना गर्नलागीएको बताउनु भयो । नेकपा एमालेले स्थाई कमिटी सदस्य किरण गुरुङ्ग संयोजक र पोलिटब्युरो सदस्य गणेश तिमल्सीना सह संयोजक रहेको प्रदेश कमिटी गठन गरी गत असोज २ गते कास्कीमा पहिलो भेला र बैठक सम्पन्न गरीसकेको छ । साथै सोही बैठकले नवलपरासी जिल्लाको नवलपुर क्षेत्रलाई भिन्न जिल्लाको रुपमा मान्यता दिदै नवलपुर जिल्लाको सदरमुकाम कावासोती बनाउने निर्णय समेत गरीसकेको छ । बैठकको समुद्धाटनकालागी प्रमुख अतिथीको निर्णय भने कार्तिक १२ गते पोखरामा हुने बैठकले निर्णय गर्ने नेता महतले जाकारी दिए ।
तपाइँको प्रतिक्रिया