नेकपा एससँगको बैठकपछि एकखालको सहमति भएको छ : एमाले नेता पृथ्बी सुब्बा गुरुङ्ग

फाल्गुन १८, काठमाडौं
नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले नेकपा एससँगको भेटवार्तामा वार्ता सकारात्मक रहेको र आगामी दिनका लागि सहकार्य गर्ने आधार तय भएको बताउनुभयो । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित शीर्ष नेताहरूसँग भेटवार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।
राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवास नेम्वाङको पक्षमा नेकपा एसलाई मत मागेर फर्केपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले राष्ट्रपतिमा भोट माग्ने अभियानमा पहिलो पटक नेकपा एसको कार्यालयमा आएर अध्यक्षसहित सबै पदाधिकारीसँग कुरा गरेको बताउनुभयो ।
हामीले सुवास नेम्वाङलाई भोट हाल्न अनुरोध गरेका छौँ । अहिलेको चुनौतीको बीचमा दुई पार्टीलाई एक गर्ने कुरामा हामीबीच एक खालको सहमति भएको छ । यही अवसरलाई समातेर हामी फेरि पनि भेटघाट र छलफल अगाडि बढाउने दुई पक्षबीच साझा सहमति भएको उहाँको भनाई थियो ।
समय बलवान छ समयको शक्तिले हामीबीचको आग्रह पूर्वाग्रह, रिस राग सबैलाई छोपेर अगाडि बढ्ने बाटो भेटेको र यही विषयले पार्टी एकताको सम्भावना पनि अगाडि बढ्न सक्ने अधार निर्माण भएको बताउनुभयो । वार्ताका लागि नेकपा एसका कार्यालयमा उम्मेदवार नेम्वाङसहित उपाध्यक्ष विष्णु पौडेललगायत नेताहरू सहभागी भएका थिए ।
तपाइँको प्रतिक्रिया