नेकपा माओवादी केन्द्रले पार्टी केन्द्रीय सदस्यको टुंगो लगाउदै

२० जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी केन्द्रीय सदस्यको टुंगो आज लगाउँदै छ । आज बस्ने पोलिटव्युरो बैठकले सचिवालय र केन्द्रीय समितिको बैठकले विस्तारको निर्णय गर्ने बताइएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकले अघि २ सय ४१ सदस्यीय पोलिट्व्युरो बनाउने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । बुधबार बसेको बैठकमा ७५ सदस्यीय स्थायी समिति र २ सय ४१ सदस्यीय पोलिट्व्युरो बनाउने प्रस्ताव पेश भएको र सो प्रस्तावलाई हेडक्वार्टरले अनुमोदन गरेलगत्तै पोलिट्व्युरो बैठकले अनुमोदन गर्न लागेको हो । बैठकले महाधिवेशन आयोजक समिति ९ सय ९९ सदस्यीय बनाउने निर्णय गर्ने छ । ९९९ सदस्यीय महाधिवेशन आयोजक समितिमा एकता प्रक्रियामा सहभागी घटकका लागि सदस्य संख्या भाडबन्डा गरिएको छ । एमाओवादीलाई ६ सय, बादल समूहलाई तीन सय र बाँकी ९९ सदस्य मणि थापा, मातृका यादव, नेकपा माओवादी बिद्रोहीलगायतका समूहको भागमा छन् ।
तपाइँको प्रतिक्रिया