नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति जनार्दनको असन्तुष्टि, उपमहासचिव पद अस्वीकार

भाद्र २२, काठमाण्डौं
अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टीको विद्यार्थी संगठनमा अलग्गै गतिविधि गर्ने समूहलाई अध्यक्ष पुष्पकमल दाहालले पुल्पुल्याएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । बुधवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले काठमाडौंमा आयोजना गरेको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले अराजकता गर्नेलाई नेतृत्वले पुल्पुल्याउने काम खराब भएकाले त्यस्तो कुरा मान्य नहुने बताउनु भयो ।
उहाँले संगठन विधि र पद्धतीमा चल्नुपर्ने बताउनु भयो । पार्टीमा एकले अर्काको बिरुद्धमा अध्यक्षसमक्ष कुरा लगाउने प्रवृति रहेको भन्दै उहाँले एउटाको कुरा सुनेर अर्कोप्रति मनमुटाव साँध्नेकाम विद्यार्थी संगठनको अध्यक्षले गर्नु नहुने बताउनु भयो । उहाँले चुनावको बेलामा पार्टीभित्र एकले अर्काको भण्डाफोर नगरी एकतावद्ध भएर जानुपर्ने बताउनु भयो । अर्थमन्त्री शर्माले आफूले सधैँ नीति र नेतृत्वको रक्षा गरेपनि अध्यक्ष दाहालको आफू आलोचक पनि भएको बताउनु भयो ।
उहाँले अहिलेको विद्यार्थी संगठनसँग कुनै एजेण्डा नभएको टिप्पणी गर्नुभयो । उहाँले राष्ट्रको कार्यकारी नेतृत्व, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राज्यको पुनःसंरचना र पहिचानको एजेण्डा पार्टीको भएको पनि बताउनु भयो । उहाँले विद्यार्थी संगठनलाई वैज्ञानिक र प्रविधियुक्त शिक्षाको एजेण्डा बोक्न आग्रह गर्नुभयो ।
तपाइँको प्रतिक्रिया