नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बिना निस्कर्ष सकियो

भाद्र ३, काठमाण्डौं
नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बिना निस्कर्ष सकिएको छ । शुक्रवार पार्टी कार्यालय पेरिस डाँडामा बसेको बैठकले पदाधिकारी टुंगो लगाउने भनिएपनि बैठक निस्कर्ष बिना नै सकिएको हो ।
आज पनि पार्टी पदाधिकारीको टुंगो भने लाग्न सकेन । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको बारेमा लगभग टुंगो लागिसकेपनि निर्णय भने भइनसकेको बताउनु भयो ।
उहाँले आगमी निर्वाचनको विषयमा पनि बैठकमा विस्तृत छलफल भएको बताउनु भयो । उहाँले पार्टी अध्यक्ष पुष्पकमल दाहालको कार्य व्यस्तताका कारण पनि पदाधिकारीको टुंगो लाग्न नसकेको बताउनु भयो ।
माओवादी केन्द्रको बैठक केही दिन यता पदाधिकारी टुंगो लगाउने भन्दै निरन्तर बसिरहेको छ । यद्यपी पदाधिकारीको टुंगो भने विविध कारणवश लाग्न सकेको छैन ।
तपाइँको प्रतिक्रिया